• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा ४९ करोड ९१ लाख बजेट (पूर्ण पाठसहित)




रुकुमपूर्वको भूमे गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९ का लागि ४९ करोड ९१ लाख ८१ हजार आठ सय एकासी विनियोजन गरिएको छ।

कुल विनियोजनमध्ये चालुतर्फ २९ करोड ५९ लाख ७५ हजार पाँच सय एक अर्थात ५९ दशमलव २५ प्रतिशत र पूँजीगततर्फ २० करोड ३४ लाख छ हजार तीन सय असी अर्थात ४० दशमलव ७५ प्रतिशत रहेको छ।
प्रस्तुत छ बजेटको पूर्ण पाठः

भूमे गाउँसभाका अध्यक्षज्यू,
गाउँसभा सदस्यज्यूहरु,
राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरु,
–दोस्रो भेरियन्टको कोभिड(१९ को कारण उत्पन्न विषम परिस्थितिका बीच नेपालको संविधान बमोजिम स्थानीय तहको सरकारको हैसियतले हालसम्मको अभ्यास र अनुभवका आधारमा पाँचौं पटकको बजेट यस गरिमामय सभासमक्ष प्रस्तुत गर्न उपस्थित छु ।

–यस अवसरमा सर्वप्रथम म देशको आमूल परिवर्तनका लागि नेपाली जनताले विभिन्न कालखण्डमा गरेका ऐतिहासिक जनआन्दोलन, संघर्ष तथा महान जनयुद्ध लगायत अन्य सबै आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरु प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु। साथै, घाइते तथा बेपत्ता नागरिकहरुप्रति उच्च सम्मान प्रकट गर्दछु। कोभिड (१९ का कारण अमूल्य जीवन विसर्जन गर्नुभएका महानुभावहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु। आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति आदरभाव प्रकट गर्दछु।

–हाल विश्वभर कोरोना भाइरस ९कोभिड १९० का कारण हाम्रो पालिकासमेत अछुतो रहेन । हामीले अनुमान गरेभन्दा जटिल र विषम असरका कारण हाम्रा दैनिन जनजीवन प्रभावित हुन पुगे । सबै साधनस्रोत कोभिड(१९ रोकथाम तथा नियन्त्रणमै केन्द्रित गर्नुपर्ने अवस्था आयो । आम पालिकाबासीको स्वास्थ्य रक्षार्थ यस रोग विरुद्धको लडाईमा अग्रपङ्त्तिमा खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, अगुवा, वुद्धिजिवी र आम समुदायप्रति मेरो उच्च सम्मान छ। साथै, आम गाउँपालिकाबासीमा सजगता अपनाई सङ्क्रमणबाट जोगिई सुरक्षित हुन कामनासँगै अनुरोध पनि गर्दछु।

–कोभिड(१९ का कारण आम जनजीवन प्रभावित हुनुका साथै पालिकाको सार्वजनिक सेवा प्रवाह, विकास निर्माण कार्य र नियमित रुपमा सञ्चालन गर्नुपर्ने कार्यक्रमहरुमा प्रत्यक्ष रुपमा नकारात्मक असर पुगेको छ। बन्दाबन्दी र असहज जनजीवनले श्रम बजार, कृषि, साना उद्योग लगायतका क्षेत्रमा उत्पादन, आपूर्ति र वितरण प्रणालीमा गम्भीर प्रभाव परेको छ। जसका कारण आगामी दिन थप चुनौति उत्पन्न हुने र त्यसको सामनाका लागि थप तयारी गर्नुपर्ने देखिन्छ। महामारी रोकथाम तथा नियन्त्रणका लागि संघ सरकार र प्रदेश सरकार तथा अन्य क्षेत्रहरुबाट समेत कोभिड(१९ नियन्त्रणका लागि सहयोग प्राप्त भएको छ।

–गाउँपालिकाले यस महामारी रोकथाम तथा नियन्त्रणका लागि साविकको प्रकोप व्यवस्थापन कोष खातामा आवश्यक स्रोत जुटाई सक्दो कार्य सम्पादन गरिरहेको व्यहोरा यस गरिमामय सभा समक्ष जानकारी गराउँदछु। उक्त कोष योगदान पुर्यााउनु हुने सबै प्रति आभार प्रकट गर्दछु। कोभिड १९ विरुद्धको लडाईमा अग्रभागमा रहेर अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद छ। यो महामारी नियन्त्रण र रोकथामका लागि गरिएको अपिललाई इमान्दारितापूर्वक पालना गरी सक्रियतापूर्वक सहयोग गर्नुहुने आम गाउँपालिकाबासी, प्रत्यक्ष(अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संघसंस्था, सञ्चार जगत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। कोभिड १९ नियन्त्रणमा आइ नसकेकाले आगामी दिनमा पनि यी र यस्ता कठिन परिस्थिति र महामारी विरुद्धको लडाईमा यस्तै सहयोगको अपेक्षा गर्दछु।

–कठिन परिस्थितिका बीचमा आम गाउँपालिकाबासीको मानव अधिकारको रक्षा गर्दै आर्थिक तथा सामाजिक विकासमार्फत जनजीवन सहज गराउने कार्यमा गाउँपालिका प्रतिवद्ध छ। आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा तथा संरक्षणका अवसर उपलब्ध गराई सुरक्षित र सचेत एवं समुन्नत र सुसंस्कृत समाज निर्माण गर्न गाउँपालिका दृढ छ।

–कोभिड १९ का कारण जनजीवन प्रभावित हुनुका साथै गाउँपालिकाका समग्र क्षेत्र प्रभावित भएका छन्। यसको रोकथाम र नियन्त्रणका लागि सूचना तथा जानकारीहरुलाई नियमित अद्यावधिक गरी पूर्वतयारी तथा प्रतिकार्यका लागि प्रतिकार्य योजना बमोजिम कोभिड अस्थायी अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइएको छ। आइसोलेसन केन्द्र निर्माण, स्वास्थ्य सुरक्षा सामाग्री, आवश्यक औषधी तथा अन्य सामाग्रीको पूर्ण उपलब्धतामा जोड दिइएको छ।

–हाम्रो विकासका लागि हामी आफैले नै छनौट र कार्यन्वयन गर्न संवैधानिक रुपमा अधिकार सम्पन्न भएकाले पनि स्थानीय तहको सरकारलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक छ। स्थानीय सरकार सञ्चालनको छोटो अनुभव सहितको सुरुवातीकै चरणमा भएकाले नवीनतम् सोँच र अधिकतम् प्रयासले स्थानीय तहको जग बलियो बनाउने विशेष अवसरको रुपमा पनि लिएको छु।

–नेपालको संविधानले परिकल्पना गरेको गाउँ गाउँमा सिंहदरबारको अवधारणालाई मूर्तरुप दिने चुनौति र अवसर हाम्रो काँधमा आएसँगै स्थानीय सरकारको हैसियतमा स्थानीय शासन सञ्चालन र व्यवस्थापनको चार वर्षको अनुभव प्राप्त भएको छ। सुरुका वर्षहरुमा विषयक्षेत्रगत कानूनको अभाव र अन्यौलताको यो अवधिमा समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा कानून तर्जुमा गरी संविधान प्रदत्त अधिकारक्षेत्रको प्रयोग गर्दै नेपाल सरकारले लिएको सुखी नेपाली समृद्ध नेपाल नारा र प्रदेश सरकारले लिएको समृद्ध प्रदेश, खुशी जनता नारालाई सार्थक बनाउन तथा स्थानीय सरकारकोतर्फबाट समृद्ध र समुन्नत गाउँपालिका निर्माण गर्न महत्वकाङ्क्षी र दूरगामी लक्ष्यसहितको योजनाको सुरूवात भई कार्यान्वयनको दिशातर्फ अग्रसर छौं।

–भूमे गाउँपालिकालाई नेपालका सबै स्थानीय तहहरुमध्येको विशेष र उदाहरणीय स्थानीय तहको रुपमा परिचित गराउनु हाम्रो जिम्मेवारी र चुनौति हामी बीचमा छ। गाउँपालिकाको समृद्धि र समुन्नतिका लागि एकीकृत गुरुयोजनाले निर्दिष्ट गरेको दीर्घकालीन सोँच, लक्ष्य र उद्देश्य प्राप्तिमा स्थानीय सरकार प्रतिवद्ध र केन्द्रित छ।

–नयाँ भेरियन्टको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भूमे २ काँक्रीमा स्थापना गरिएको ५० बेड क्षमताको क्वारेन्टाइन भवनलाई अक्सिजन, आवश्यक उपचार औषधी तथा सामाग्री र चिकित्सकसहितको आइसोलेसन सेन्टरको रुपमा सञ्चालनमा ल्याई संक्रमितहरुको उपचार समेत गरिँदै आएको छ ।

–कोभिड १९ सँग लड्न आवश्यक पर्ने अक्सिजन लगायत स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिन अधिकतम लगानी, जनशक्ति परिचालन, समन्वय र सहकार्यमा पालिकाको क्षमताले भ्याएसम्म कुनै पनि कसर बाँकी राखिएको छैन ।

–सीमित स्रोत र जनशक्ति उपलब्धताका वाबजुद पनि सन्तोषजनक कार्यसम्पादन भइरहेको छ। गुणस्तरीय सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, सचेत समाज निर्माण, विकासको छनौट, कार्यान्वयन र वितरण लगायत हरेक तहमा हरेकको अर्थपूर्ण सहभागिता र सुशासन प्रवर्द्धनमा यो पालिका प्रतिवद्ध छ।

–स्थानीय सरकारको स्थापना पश्चात संघात्मक शासन व्यवस्था मार्फत नेपालको संविधानले परिकल्पना गरेको गाउँ गाउँमा सिंहदरबारको अवधारणालाई मूर्तरुप दिने चुनौति र अवसर हाम्रो काँधमा आएसँगै स्थानीय सरकारको हैसियतमा स्थानीय शासन सञ्चालन र व्यवस्थापनको चार वर्षको अनुभव प्राप्त भएको छ। अन्यौलताको यो छोटो अवधिमा पनि संविधान प्रदत्त अधिकार क्षेत्रको प्रयोग गर्दै नेपाल सरकारले लिएको सुखी नेपाली समृद्ध नेपाल नारा र प्रदेश सरकारले लिएको समृद्ध प्रदेश, खुशी जनता नारालाई सार्थक बनाउन तथा स्थानीय सरकारकोतर्फबाट समृद्ध र समुन्नत गाउँपालिका निर्माण गर्न महत्वकाङ्क्षी र दूरगामी लक्ष्यसहितको योजनाको सुरूवात भई कार्यान्वयनको दिशातर्फ अग्रसर छौं।

–यो अवधिमा आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत संरचना निर्माणमा क्षेत्रगत रुपमा आधार तय भएका छन्। ढिलै भए पनि गाउँपालिकाको प्रथम आवधिक योजना तर्जुमाको अन्तिम चरणमा छ । पूर्वाधार विकासतर्फ सडकलाई मुख्य सडक, चक्र सडक र सहायक सडकमा विभाजन गरी संघ तथा प्रदेश सरकारसँगको समन्वयमा समेत करिब ९० प्रतिशत वस्तीहरु सडक सञ्जालमा जोडिएका छन् ।

–विगतमा जनशक्ति अभावमा कार्यसम्पादन गर्न असहज भैरहेको अवस्थामा हाल पूर्ण पदपूर्ति नभए पनि लोकसेवा आयोगबाट सिफारिस भई विषयगत शाखा र प्राविधिकतर्फका कर्मचारीहरुको पदपूर्ति भएको छ । उपलब्ध जनशक्तिलाई दक्ष, सीपयुक्त र कार्यजिम्मेवारीप्रति समर्पित बनाउनु अबको चुनौति रहेको छ ।

–शासकीय प्रबन्ध, सेवा प्रवाह र विकास निर्माणका लागि स्थानीय सरकारको जिम्मेवारी र क्षेत्राधिकारभित्र रही ऐन, नियम, निर्देशिका, कार्यविधि तयार भएका छन् । अबको बाटो तिनको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुनेछ ।

–नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त तथा विशेष अनुदानमा सञ्चालित आयोजना तथा कार्यक्रमले पालिकाबासीको आर्थिक तथा सामाजिक विकासको माध्ययमबाट जीवनस्तर माथि उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु।

–जिल्ला समन्वय समितिको अगुवाईमा जिल्लाको साझा सरोकार, अन्तरपालिका समन्वय र सहकार्य तथा आपसी एकतालाई मजबुट पार्ने खालका साझा सरोकारका आयोजनाहरु पहिचान भई जिल्लास्तरको कार्ययोजना समेत तयार भएको छ । साझा कार्ययोजनाले संघ, प्रदेश तथा स्थानीय तहहरुले समग्र जिल्लाको विकास गर्न आधार र मार्गदर्शनको भूमिका निर्वाह गरेको छ ।

–विविध क्षेत्रगत योजना र उपलब्धिका साथै विगत वर्षहरुको तुलनामा चालु आर्थिक वर्षमा समग्र क्षेत्रमा सकारात्मक ढङ्गले अघि बढिरहेको अवस्थामा नयाँ भेरियन्टको कोभिड(१९ महामारीको चपेटामा पर्दा समग्र वार्षिक प्रगति गत वर्ष झैं अपेक्षाकृत नहुने संकेत देखिएको छ। यस महामारीले हामी सामू समस्याका साथै सिकाई र अवसर पनि सृजना गरेको छ। विगतको अनुभव र सिकाई, वर्तमानको आधार र उत्प्रेरणाले भविष्य सुनौलो बनाउन सहयोगी हुने विश्वास मैले लिएको छु।

सभाध्यक्ष महोदय,
अब म यस गाउपालिकाको अवस्था, हाम्रो पर्यत्न, सोँच र सम्भावनाको बारेमा संक्षेमा पेश गर्दछु।

–चालु आर्थिक वर्षमा बजेट प्रस्तुत गर्दा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड(१९ संक्रमण जोखिम, न्यून जनशक्ति र स्रोत साधन, तथ्याङ्क तथा सूचनाका साथै आवश्यक प्रणालीको अभावमा बजेट कार्यान्वयन चुनौतिपूर्ण र जटिल देखिएको भएता पनि दोस्रो चौमासिक अवधिमा बजेट कार्यान्वयनले केही गति लिएपछि निर्धारित लक्ष्य हासिल गर्ने वातावरण बनेको थियो। तेस्रो चौमासिक पुनः दोस्रो भेरियन्टको कोभिड(१९ का कारण जनजीवन प्रभावित भएपछि थप जटिल बन्न पुग्यो।

–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ कोरोना को असर पर्ने सम्भावनालाई दृष्टिगत गरी यस पालिकाले समयमा नै ठूला जमघट, मेला, पर्व, महोत्सव, गोष्ठी, सेमिनार जस्ता भिडभाडजन्य गतिविधिमा रोक लगाउने काम गरेको थियो। नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीलाई यस पालिकाले पनि प्रभावकारी रुपमा कार्यान्वयन गरेको थियो।

–प्रतिकार्य योजना बमोजिम भारत लगायत विदेशबाट आएका व्यक्ति र अन्य स्थानबाट आएका व्यक्तिहरुको लगत तथा यात्रा विवरण संकलन गर्ने, रेडियो, विभिन्न समूह, सञ्जालमार्फत जनचेतना फैलाउने, सजग गराउने र पूर्व तयारीका लागि आवश्यक सामाग्रीहरु व्यवस्था, अस्थायी अस्पताल र आवश्यक सामाग्रीको व्यवस्था, आइसोलेसन निर्माण गरेकै कारणले सम्भावित क्षति न्यून भए पनि व्यवस्थापनमा निकै कठिनाई भोग्नुपर्योव ।

–कोभिड(१९ नियन्त्रण तथा रोकथामका लागि प्रकोप व्यवस्थापन कोषमा रकम व्यवस्था गरी सोही कोषबाट आवश्यक व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षको हालसम्म उक्त कोषबाट जेठ मसान्तसम्म ४७ लाख ७४ हजार छ सय पैंसठ्ठी रुपैयाँ खर्च भई १९ लाख २३ हजार पाँच सय उनान्साठी बचत रहेको छ।

–हाल महामारीको रुपमा फैलिरहेको नयाँ भेरिन्टसहितको कोभिड १९ कारण पालिकामा २०७८ असार ७ सम्म संक्रमित संख्या ६७, सक्रिय संक्रमित संख्या ४, हालसम्म मृत्यु भएका व्यक्तिको संख्या ४, भेरोसिल खोप लगाउनेको संख्या १८७, पहिलो खोप लगाएका व्यक्तिको संख्या १९८१ दोस्रो खोप लगाएका व्यक्तिको संख्या १५९ उपलब्ध बेड संख्या ४२ अक्सिजन सिलिण्डर संख्या २८ रहेको छ ।

–कोभिड(१९ का कारण जनजीवन प्रभावित भएकाले विकासका आयोजना तथा कार्यक्रमहरु पनि प्रभावित भएका छन्। दोस्रो चौमासिक अवधिसम्म आउँदासम्मको भौतिक प्रगतिको अवस्था सन्तोषजनक रहे पनि तेस्रो चौमासिक अवधिमा जनचेतनामूलक र अभियानमूलक कार्यक्रमहरु कार्यान्वयन गर्न कठिनाई भएको छ।

–कृषि र पशुपंक्षी विकासतर्फका तेस्रो चौमासिक अवधिमा तोकिएका लक्ष्य हासिल हुन कठिन हुने देखिएको छ। कृषि उत्पादनमा समेत चालु आर्थिक वर्षमा घट्ने र साउन भदौ महिनामा खाद्य संकट पर्ने अवस्था देखिएको छ।

–गैरकृषि क्षेत्रतर्फ यातायात, पर्यटन, होटल व्यवसाय जस्ता क्षेत्र प्रभावित भएकाले राजस्व संकलन, वित्तीय परिचालन र उत्पादनमा प्रभाव पर्ने अनुमान रहेको छ। योजना कार्यान्वयन पूर्ण रुपले हुन नसक्दा चालु आर्थिक वर्षमा करिब २ करोड ५० लाख रकम बैंक मौज्दात रहने अनुमान गरिएको छ।

–चालु आर्थिक वर्षको प्रथम आठ महिनामा स्थानीय सञ्चित कोषमा दाखिला भएको रकमको विस्तृत विवरण र भूमे गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको वित्तीय तथा भौतिक प्रगतिको विस्तृत विवरण सहितको प्रगति प्रतिवेदन यसै गरिमामय सभासमक्ष संलग्न गरिएको छ।

–आगामी आर्थिक वर्षहरुमा गाउँपालिकाको समुन्नतिका लागि सामाजिक न्याय सहितको दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न लगानी तथा त्यसको उत्पादकत्व बढाउनु पर्नेछ। सरकारी, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहकार्यबाट यो यो लक्ष्य हासिल गर्नुपर्नेछ। सरकारको बजेटको खर्चलाई प्रतिफलमुखी बनाउँदै पूजीगत खर्च गर्न सक्ने क्षमता र पूँजीगत खर्चको गुणस्तर बढाउन प्रभावकारी बजेट कार्यान्वयन तथा अनुगमन मूल्याङ्कनका साथै थप मेहनत गर्नु पर्नेछ। आगामी बजेट तथा कार्यक्रम यी विषयहरुलाई सम्बोधन गर्नेतर्फ परिलक्षित भएर घाटा बजेट प्रस्तुत गरिएको छ।

–नेपालको संविधानले निर्दिष्ट गरेका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीतिहरु, नेपाल सरकार तथा प्रदेश सरकारका आवधिक योजनाले परिलक्षित गरेका उद्देश्यहरु तथा दिगो विकासका लक्ष्यहरु हासिल गरी सन् २०३० सम्म नेपाललाई मध्यमस्तरीय आय भएको मुलुकमा स्तरोन्नति गर्ने मुलुकको लक्ष्यलाई आधार मानी यस गाउँपालिकामा पनि स्थानीय माटो सुहाउँदो गुरुयोजना तर्जुमा सोको मूल्य मान्यता र प्रथामिकता बमोजिम बजेट तथा योजना निर्माण गर्दै सोहीअनुरुपको बजेट चालु आर्थिक वर्षमा विनियोजन गरिएको छ।

–उचित मापदण्ड, प्रक्रिया र योजना नबनाई हचुवामा बजेट बाँडफाँड गर्न खोज्दा लक्षित समूह, कार्यक्रम, प्रवर्द्धनात्मक कार्यक्रमहरुबाट अपेक्षित नतिजा हासिल गर्न नसकिने यथार्थ हाम्रो विगतको तीतो अनुभव छ। बजेटको वस्तुगत विनियोजन र प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक स्थिरता, व्यवसायिक कर्मचारीतन्त्र र सहयोगी समाज निर्माण आवश्यक देखिन्छ। प्राकृतिक स्रोत साधनको प्रचुरता, कृषि, पर्यटन, व्यापारको अधिक सम्भावना बोकेको यस गाउँपालिकामा आर्थिक समृद्धि र विकासका थुप्रै सम्भावनाहरु रहेका छन्।

सभाअध्यक्षज्यू महोदय,

–यी सम्भावनाहरुलाई मूर्तरुप दिन यस गाउँपालिकाको अर्थतन्त्रमा देखिएका मूलभूत चुनौतिहरु यस प्रकार प्रस्तुत गरेको छुः
स्थानीयस्तरमा रोजगारी सृजनामार्फत यूवाहरुलाई गाउँमै फर्काउनु,
विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ का कारण हाल सबै गाउँ फर्किरहेका छन्। गाउँमा रोजगारी तथा आम्दानीको सम्भावना नभएर वा नदेखेर गाउँ छोडेका यूवाहरुलाई स्थानीय स्तरमै टिकाउन सकेमा गाउँपालिका विकासमा कोषेढुङ्गा सावित हुनेछ। उनीहरुलाई गाउँमै काम दिन सक्ने वातावरण सिर्जना गर्ने कार्य निकै चुनौतिपूर्ण छ।
आर्थिक तथा सामाजिक विकास गर्नु
भौतिक पूर्वाधार विकास क्रमशः भैरहे पनि आम नागरिकको जीवनस्तर माथि उकास्न शिक्षा, स्वास्थ्य, सरसफाई, रोजगारी क्षेत्रमा आमूल परिवर्नत नभएसम्म वास्तविक विकासको आभास नहुने भएकाले मानव विकास सूचकाङ्कमा पछि परेको पालिकाबासीको चिन्तन, जीवनशैली, शिक्षा स्वास्थ्यमा गुणस्तर ल्याउनु र रोजगारी सृजना गर्नु चुनौतिपूर्ण छ ।

कार्यान्वयन क्षमता वृद्धिः
यस गाउँपालिका भित्र सञ्चालन हुने विकास आयोजनाहरुको कमजोर तयारी र व्यवस्थापकीय क्षमता, निर्माण व्यवसायी र उपभोक्ता समितिको कमजोर वित्तीय र प्राविधिक क्षमता, कानूनी, नीतिगत र प्रक्रियागत जटिलताका कारण आयोजनाहरु तोकिएको समय सिमाभित्र सम्पन्न हुन नसक्ने तथा आयोजना कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको काम गर्ने उत्साहमा कमी, नतिजा प्राप्ति प्रतिको उदासिनता र समग्र मानवीय क्षमताको कमीका कारण कार्यान्वयन क्षमता कमजोर हुने देखिन्छ। तसर्थ, संरचनागत अन्यौलता हटाएर विनियोजन, अनुगमन र व्यवस्थापनमा प्रभावकारिता ल्याई लक्ष्य बमोजिम कार्यसम्पादन गर्नु चुनौतिपूर्ण छ।
आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धि
स्थानीय माटो र हावापानी सुहाउँदो उत्पादनका साधनहरुमाथि उत्पादक शक्तिको पहुँच वृद्धि गरी सार्वजनिक, निजी र सहकारी क्षेत्रको लगानी सहकार्यबाट उत्पादकत्व र उत्पादन वृद्धि गर्नुपर्ने चुनौति छ। उत्पादित वस्तुको उचित बजार व्यवस्थापनका माध्यामबाट आन्तरिक तथा बाह्य बजार सुनिश्चित गर्नु अर्को चुनौति रहेको छ।
औपचारिक अर्थतन्त्रको विकासः
आर्थिक क्षेत्रको ठूलो हिस्सा औपचारिक क्षेत्रभन्दा बाहिर रहेको कारण अर्थतन्त्रको वास्तविक पहिचान गर्न गाह्रो छ। बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हुन नसकेको अवस्थामा सबै आर्थिक कारोवारहरुलाई औपचारिक दायरामा ल्याई सबै आर्थिक कारोबारहरु बैकिङ प्रणाली मार्फत् गर्ने कार्य चुनौतिपूर्ण छ।
सार्वजनिक निर्माणको गुणस्तरीयता र संरक्षणः
सार्वजनिक निर्माण कार्यको सुक्ष्म सुपरिवेक्षण, निर्माण व्यवसायीहरुको कमजोर क्षमता र सघन अनुगमनको अभावमा निर्माण भएका संरचनाहरु छोटो समयमा नै जीर्ण र लथालिङ्ग हुने गरेका छन्। सार्वजनिक निर्माणको गुणस्तर कमजोर रहेको अवस्थामा यसमा सुधार गरी सार्वजनिक निर्माणको गुणस्तर वृद्धि गर्नुपर्ने र दोहोरो खर्च रोक्नुपर्ने र निर्मित सार्वजनिक सम्पतीको उचित उपयोग र संरक्षण कार्य चुनौतिपूर्ण छ।
सूचना तथा सञ्चार प्रविधिको विकासः
भौगोलिक विकटताका साथै सूचना तथा सञ्चारको पहुँच नभएकाले विकास निर्माण, कार्यान्वयन, आपसी समन्वय, सेवा प्रवाहका क्रममा असहजता पैदा हुनुका साथै लागत समय र स्रोत महँगो पर्न जान्छ। गाउँपालिकाभित्रका सबै जनताले सूचना तथा सञ्चारमा सहज रुपमा पहुँच स्थापित गर्नका लागि आवश्यक सूचना तथा सञ्चार प्रविधिहरुको पूर्वाधारहरुको निर्माण र निजी क्षेत्रलाई आकर्षण गर्ने कार्य पनि चुनौतिपूर्ण छ।
सुशासन अभिवृद्धिः
सबै वर्ग क्षेत्रको अर्थपूर्ण सहभागिता, कानूनको परिपालना, सेवा प्रवाहमा प्रभावकारिता, सुदृढ र सक्षम संस्थागत सुशासन कायम गरी सेवा प्रवाहमा प्रभावकारीता ल्याउने तथा व्यवसायिक कर्मचारीतन्त्र र सहयोगी समाजको निर्माण गर्ने कार्य चुनौतिपूर्ण छ।

सभाअध्यक्षज्यू महोदय,
–हाम्रा सामूमाथि उल्लिखित जस्तै थुप्रै चुनौतिहरु रहेता पनि समृद्ध नेपालको बलियो जगको रुपमा रहेको स्थानीय तहलाई मजबुट बनाउन आम जनताको उल्लेख्य तत्परता र सहभागिता लगायतका स्वयंसेवा प्रणाली तथा मुद्रा परिचालन लगायतका प्रचुर सम्भावनाहरुको परिचालन मार्फत सफा र हरियालीः समृद्ध भूमे निर्माण गरी यहाँका नागरिकको जीवनस्तरमा गुणस्तरीयता ल्याउने अवसर प्राप्त भएको छ। विद्यमान अवसरहरुको सदुपयोग र चुनौतिहरुको सामना गर्ने गरी आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट तथा कार्यक्रम तयार गरिएको छ। यो बजेटका उद्देश्यहरु यसप्रकार प्रस्तुत गरेको छुः
–स्वास्थ्य क्षेत्रको पूर्वाधार, जनशक्ति र क्षमता विकास गरी स्वास्थ्य सेवामा आम जनताको सहज पहुँच पुर्या्ई कोभिड(१९ लगायत सबै रोगबाट सुरक्षित रहेको आभाष दिलाउने,
–कोभिड(१९ बाट सिर्जित आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गरी स्थानीय अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउने,
–नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आधारभूत आवश्यकताहरु शीघ्र परिपूर्ति गर्दै जीवनस्तरमा सकारात्मक सुधार गर्ने,
–सबै वर्ग, लिङ्ग, समूहको अपनत्वकरण मार्फत समतामूलक सभ्य समाजको निर्माण र स्थानीय तहको सरकारको प्रभावकारिता अभिवृद्धि गरी सुशासन प्रवर्द्धन गर्ने,
–उपलब्ध स्रोत साधन, अवसर र क्षमताको उच्चतम उपयोग र समुचित परिचालन गरी उद्यमशीलताको विकास र रोजगारी सिर्जनाबाट आथिक वृद्धि र विकास गर्ने,
–आर्थिक स्थायित्व कायम गर्ने तथा लगानीको वातावरण निर्माण गर्ने,
–यी उद्देश्यहरु हासिल गर्नको लागि आर्थिक वर्ष २०७७।०७८ को बजेटका प्राथमिकताहरु देहाय बमोजिम निर्धारण गरिएको छः
–कोभिड – १९ को नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रको स्तरोन्नति र विस्तार,
–गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई लगायतका क्षेत्रमा जोड
–कृषि, पर्यटन, उद्योग तथा भौतिक तथा मानव संशाधनको क्षेत्रमा जोड र घरेलु तथा साना उद्योग प्रवर्द्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि र बजारीकरणमा जोड
–पर्यटन पूर्वाधारको विकास तथा प्रवर्द्धन, जलविद्युत उत्पादन, उद्योग स्थापना लगायतका क्षेत्रमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी आकर्षण तथा रोजगारी प्रवर्द्धन
–विपद् व्यवस्थापन, वन तथा भू–संरक्षण, जलवायु परिवर्तन अनुकूलन।
–संस्थागत विकास तथा शासकीय सुधारमार्फत विधिको शासन, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता र विकासमा नागरिकको जनसहभागिता सहितको सुशासनमा जोड।
सभाध्यक्ष महोदय,
अब म यिनै चुनौति, उद्देश्य र प्राथमिकताको सेरोफेरोमा रहेर तयार गरिएको आगामी आर्थिक वर्ष २०७८र०७९ को व्ययको अनुमान यस सम्मानित सभासमक्ष प्रस्तुत गर्दछु।

–नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गतका आयोजना तथा कार्यक्रमहरु पालिकाको प्राथमिकताको आधारमा छनौट गरी नेपाल सरकारको मार्गदर्शन बमोजिम समयमै कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु।
–यस गाउँपालिकाबाट सिफारिश भई माग गरिए बमोजिम नेपाल सरकार र प्रदेश सरकारबाट स्वीकृत भई आएका समपूरक अनुदानतर्फको आयोजना कार्यान्वयन गर्न तथा स्थानीय तहको लागत सहभागिता सुनिश्चित गर्न रु। दुई करोड ६० लाख विनियोजन गरेको छु।
–पालिकाको सिफारिश बमोजिम नेपाल सरकारबाट प्राप्त विशेष अनुदानतर्फ पोषणमैत्री नमूना टोल कार्यक्रमका लागि रु। ६६ लाख विनियोजन भएको छ। उल्लिखित कार्यक्रमहरुबाट प्रस्तावमा उल्लेख सबै विद्यालयमा शैक्षिक गतिविधिका कार्यक्रम र टोलहरुमा पोषण सम्बन्धित क्रियाकलापहरु सञ्चालन गर्ने व्यवस्था मिलाएको छु।
–लुम्बिनी प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गतका आयोजना तथा कार्यक्रमहरुमा सोही बमोजिम कार्यान्वयन हुने व्यवस्था मिलाएको छु। प्रदेश सरकारबाट समपूरक अनुदानका लागि आयोजना छनौट गरी रु। १ करोड ६० लाख लागत सहभागिता सुनिश्चित गरेको छु। विशेष अनुदानतर्फ प्राप्त कार्यक्रमहरु बेलैमा कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाएको छु।

सभाध्यक्ष महोदय,
अब म क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव पेश गर्ने अनुमति चाहन्छु।
स्वस्थ ज्यानः सुरक्षित जीवन
–कोभिड(१९ दोस्रो भेरियन्टबाट पालिकालाई सुरक्षित राख्न विशेष सजगताका साथ सबै साधनस्रोत परिचालन गरी आम गाउँपालिकाबासीको जीवनको सुरक्षा गर्नु हाम्रो सामू चुनौति थपिएको छ। कोभिड(१९ नियन्त्रण कार्य योजना पुनरावलोकन तथा पुनःप्राथमिकीकरण गरी संस्थागत प्रणाली थप सुदृढिकरणका लागि प्रकोप व्यवस्थापन कोषमार्फत आवश्यक बजेट व्यवस्था गरेको छु।
–कोभिड(१९ र प्राकृतिक प्रकोपका कारण राहत, उद्दार तथा जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम सञ्चालनका साथै खोज, उद्धार, राहत, पुनर्स्थापना कार्यलाई व्यवस्थित गर्न पालिका तथा समुदायस्तरसम्म द्रुत प्रतिकार्य टोलीलाई आवश्यक सामाग्री सहित तयारी अवस्थामा राख्न बजेट व्यवस्था गरेको छु। स्थानीय स्तरमा व्यवस्थापन केन्द्रको रुपमा स्थानीय आपतकालीन केन्द्र व्यवस्थापनका लागि थप बजेट सुनिश्चित गरेको छु।
–सबै नागरिकको गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्न गाउँपालिकामा सञ्चालित कोभिड अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापन, चिकित्सक, ल्याब असिस्टेन्ट लगायत जनशक्ति व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु । दीर्घ रोग तथा अन्य रोगहरुको निदान, ल्याब सेवा, एक्स(रे सेवा लगायतका सेवाको सुनिश्चित गर्न एक्सरे ल्याबका लागि भवन निर्माण गर्न बजेट विनियोजन गरेको छु।
–स्वास्थ्य संस्थाहरुमार्फत प्रवाह हुने सेवाहरुलाई सबैको सहज पहुँच, अधिकतम जानकारी र अभिलेखीकरण, अनुगमन तथा मूल्याङ्कनलाई जोड दिँदै महिला स्वास्थ्य स्वयंसेविका र आमा समूह मार्फत गाउँ टोलसम्म स्वास्थ्य सेवा र परामर्श सम्बन्धी कार्यक्रमलाई विस्तार गरी अभिलेखीकरण र प्रोत्साहन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु।
–गाउँपालिकालाई पूर्ण खोपयुक्त दिगोपना, गर्भवती, मातृ तथा शिशु मृत्युदरलाई शून्यमा झार्न विभिन्न निकायहरुसँगको सहकार्य पोषण विशेष कार्यक्रम, मानसिक स्वास्थ्य कार्यक्रम, कार्यक्रमहरु सञ्चालन गरिनेछ। गर्भवती महिला, प्रसूति रेफरमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ।
–किशोर किशोरीहरुको प्रजनन स्वास्थ्य सेवा विस्तार र किशोरकिशोरीमैत्री सूचनामा पहुँच अभिवृद्धि गर्न पालिकामा रहेका सबै माद्यामिक विद्यालयस्तरमा बृहत्तर यौनिकता तथा प्रजजन स्वास्थ्य किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको छु।
–सबै वडामा स्थापना भएका स्वास्थ्य संस्थाहरुको प्रभावकारी व्यवस्थापन र सेवा सञ्चालनका लागि जनशक्ति व्यवस्था गर्न बजेट विनियोजनलाई प्राथमिकतामा राखेको छु ।
–गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई जस्ता आधारभूत सेवामा सबैको समतामूलक पहुँच हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ। संघ तथा प्रदेश सरकारले लिएको स्वास्थ्य सम्बन्धि नीतिलाई स्थानीयकरण गर्न आवश्यक बजेट व्यवस्था मिलाएको छु।
–ब्रिटिश गोर्खा वेलफेर ट्रष्टमार्फत वडा नं। ३ को झुम्लाबाङ र क्याङ्सीमा तुनबाङ खानेपानी आयोजना, क्याङ्सी खानेपानी आयोजना र थामगाउँ खानेपानी आयोजना निर्माणका लागि रु। एक करोड २७ लाख बत्तीस हजार आठ सय छहत्तर बजेट व्यवस्थाको प्रतिवद्धता प्राप्त भएको छ ।
–निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धन गर्न क्षयरोग नियन्त्रण कार्यक्रमका लागि रु। २ लाख, महमारी रोग नियन्त्रण कार्यक्रमका लागि रु। ३ लाख, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका लागि रु। १ लाख, राष्ट्रिय स्वास्थ्य तालिम कार्यक्रमका लागि रु। ३ लाख, परिवार कल्याण कार्यक्रमका लागि ५५ लाख नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि रु। ८ लाख र प्राथमिक स्वास्थ्य सेवाका लागि रु। एक करोड पञ्चानब्बे लाख बजेट विनियोजन गरिएको छ ।
–ग्रामीण क्षेत्रमा लुप्त रोगहरुको पहिचान र निदानका लागि विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन बजेट व्यवस्था मिलाएको छु। स्वास्थ्य संस्थाहरुको सुदृढीकरणका लागि सर्जिकल सामाग्री, औषधी तथा पूर्वाधारको आवश्यक व्यवस्थाका साथै स्वास्थ्यकर्मीहरुको दक्षताका लागि आवश्यक तालिमको लागि बजेट विनियोजन गरेको छु।
–एकीकृत बाल स्वास्थ्य एवम् पोषण कार्यक्रमतर्फ पूर्ण खोप सुनुश्चितताको लागि घरधुरी सर्वेक्षण, भेरिफिकेशन, खोप र सरसफाई प्रवर्द्धन कार्यक्रमको समीक्षाका लागि बजेट विनियोजन गरेको छु। बाह्य खोप केन्द्रबाट गुणस्तरीय सेवा प्रदान गर्न खोप केन्द्र सुदृढीकरण तथा व्यवस्थापनका लागि आवश्यक रकम व्यवस्था मिलाएको छु।
–संस्थागत सुत्केरी बढाई मातृमृत्यु तथा बालमृत्युदरलाई शून्यमा झार्ने लक्ष्य प्रवर्द्धन तथा पोषण प्रवर्द्धन गर्न पोषण झोला कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु। पोषण झोलाका लागि रु। चार लाख आठ हजार रकम विनियोजन गरेको छु। सबै स्वास्थ्य संस्थाहरुमा इत्ऋ सेन्टर स्थापनाका लगि आवश्यक बजेट व्यवस्था मिलाएको छु ।
–महिलाहरुको कठिन र विशेष अवस्था गर्भावस्था तथा सुत्केरी अवस्थामा स्वास्थ्य सेवा प्राप्त गर्न आर्थिक अभावकै कारण ज्यान जाने अवस्था आउन नदिन तत्काल उद्दार तथा रेफरका लागि सुत्केरी तथा गर्भावस्था आपतकालीन कोष रु। २ लाखको कोष थप गरेको छु। यो सानो प्रयासबाट सुत्केरी तथा गर्भावस्थामा अकालमा ज्यान जाने जोखिम न्यूनिकरणमा टेवा पुग्ने विश्वासका साथ आगामी दिनमा कोष बढाउँदै लगिनेछ।
–गुणस्तरीय स्वास्थ्य सेवा, सूचना संकलन तथा स्वास्य्् सचेतनामा आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई मध्यनजर गर्दै मासिक बैठक खर्च र यातायात खर्चका लागि रु। २ लाख रकम विनियोजन गरेको छु।
–गाउँपालिकाबासी सबैलाई नजिकबाट स्वास्थ्य सेवा प्राप्त गर्न सामुदायिक स्वास्थ्य केन्द्रको विस्तार गरिएको छ। स्वास्थ्य संस्थाहरुमा नियमित सेवा प्रवाहका लागि नपुग जनशक्ति व्यवस्थाका आवश्यक बजेट व्यवस्था गरेको छु।

पोषिलो आहारः हँसिलो मुहार
– नेपाल सरकार तथा यस पालिकाको सहकार्यमा कोभिड(१९ तथा अन्य कारणले सुनौलो हजार दिनका आमाहरुको स्वास्थ्य र बाल स्वास्य्समा जोड दिँदै बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत पालिकाको समग्र पोषण स्थिति सुधार गर्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु।
–नेपाल सरकारको विशेष अनुदानमा नमूना पोषण टोलका लागि सघन पोषण कार्यक्रम, पोषण आत्मनिर्भरताका लागि घरघरमा करेसाबारी निर्माण अनुदान, हरेक घर दश फलफूल विरुवा रोपन कार्यक्रम सञ्चालन गर्न रु। ६६ लाख बजेट व्यवस्था गरेको छु। यस कार्यक्रमबाट पालिकाबासीको पोषणस्थिति सुधारका लागि आत्मनिर्भर हुन सहयोग पुग्ने अपेक्षा पनि गरेको छु।
सभाध्यक्ष महोदय,
गुणस्तरीय शिक्षामा लगानीः दिगो समृद्धिको निशानी

–कोभिड(१९ का कारण प्रभावित शिक्षण सिकाईलाई नयाँ वैकल्पिक विधिद्वारा परिपूर्ति गर्न वैकल्पिक माध्ययमबाट शिक्षण सामाग्री व्यवस्था गरी यो महामारीको प्रभाव नहटेसम्मका लागि वैकल्पिक शिक्षण कार्यक्रम अगाडि बढाउने व्यवस्था मिलाएको छु।
–सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमार्फत समग्र शैक्षिक गुणस्तर वृद्धि गर्न भूमे गाउँपालिकाको शैक्षिक क्षेत्र विकास सोँचपत्र तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु। गुणस्तरीय विद्यालय निर्माणका लागि विद्यालय व्यवस्थापन समितिको भूमिकालाई मध्यनजर गरी बैठक बसे वापत पदाधिकारीलाई खाजा खर्चका लागि रु। ५ लाख ३४ हजार रकम विनियोजन गरेको छु।
–बालमैत्री र प्रविधिमैत्री शिक्षाका लागि नमूना विद्यालय निर्माण कार्यक्रमलाई निरन्तरता दिँदै रु। १० लाख रकम विनियोजन गरेको छु। गणित तथा विज्ञान विषयको गुणस्तर र नतिजा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन कार्यक्रमका लागि रु। ३ लाख बजेट विनियोजन गरेको छु। प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहयोगी तथा कर्मचारीहरुको मासिक तलबभत्तामा स्थानीय सरकारकोतर्फबाट थप गरी नेपाल सरकारले निर्धारण गरे बमोजिम मासिक रु १५ हजार उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
–दृढ इच्छाशक्ति हुँदा हुँदै आर्थिक अभावका कारण पनि व्यवसायिक उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चिति व्यहोर्नुपरेका मेधावी विद्यार्थीहरुलाई उच्च प्राविधिक र व्यवसायिक शिक्षा हासिल गर्नका लागि बिना ब्याजमा उपयुक्त विधिबाट शैक्षिक ऋण उपलब्ध गराउन रु। २२ लाख रकम विनियोजन गरेको छु।
–शिक्षक(विद्यार्थीहरुको क्षमता विकास तथा प्रस्फुटनमा टेवा पुर्या।उने खालका अन्तरक्रिया, कार्यक्रम तथा तालिमहरुको आयोजनाका साथै शैक्षिक मेलाको आयोजना, नियमित प्र।अ। बैठक, अन्तरविद्यालय अवलोकन भ्रमण कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
–सामुदायिक विद्यालयहरुमा आवश्यक दरबन्दी नभई आम जनतामा पर्न गएको भार, शिक्षक अपुग भएर आवश्यक न्यूनतम् पाठ्यघण्टा समेत नपुग्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यकता र औचित्यताका आधारमा स्वयंसेवा कार्यक्रमबाट स्वयंसेवक शिक्षक कार्यक्रमलाई निरन्तरता दिन रु। ८४ लाख ५० हजार रकम विनियोजन गरेको छु।
–संघीय सरकार र प्रदेश सरकारसँगको आवश्यक पहल तथा समन्वय गरी सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक कर्मचारीहरुको पेशागत दक्षतामा वृद्धि गर्न आवश्यक पूर्वाधार सहितको तालिम केन्द्र सञ्चालनमा ल्याई नविनतम प्रविधि तथा शिक्षण सिकाई सीप सम्बन्धि तालिम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको छु।
–निरन्तर शिक्षा, सबैका लागि शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन, छात्रवृत्ति, निःशुल्क स्यानीटरी प्याड, सबै विद्यालयमा निःशुल्क दिवा खाजा कार्यक्रमको लागि बजेट व्यवस्था मिलाएको छु। शैक्षिक संस्थामा पहुँच नपुगेका व्यक्तिहरुका लागि अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था मिलाएको छु।
–विद्यालयमा बालबालिकालाई ढुक्क र उत्प्रेरित गराइराख्न शैक्षिक भ्रमण, नियमित विद्यालय उपस्थिति प्रोत्साहन पुरस्कार, खास क्षमता प्रोत्साहन पुरस्कार, विद्यालयमै नियमित स्वास्थ्य जाँच जस्ता कार्यक्रमका लागि बजेट विनियोजनमा जोड दिएको छु।
–स्थानीयस्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरी शिक्षण सिकाई सामाग्री निर्माण र स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था मिलाएको छु।
–शहिद वासु स्मृति नमूना विद्यालयलाई शैक्षिक संग्रहालयको रुपमा विकास गर्न उक्त विद्यालयलाई नयाँ ढङ्गले नमूना विद्यालयको रुपमा सञ्चालन गरी पहिचान जोगाई राख्ने ठोस योजना तर्जुमाका लागि आवश्यक व्यवस्था मिलाएको छु।
–विद्यार्थीहरुलाई बाल्यकालदेखि नै व्यवसायिक सीप विकास कार्यक्रम, विद्यालय उपस्थिति प्रोत्साहन पुरस्कार, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यालय पुरस्कार कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु।
–राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा स्थानीय साझेदारी गरी खेलकूद प्रतियोगिताद्वारा बालबालिकाको शारीरिक तथा संवेगात्मक विकासमा टेवा पुर्यासउन रु। ५ लाख रकम विनियोजन गरेको छु।

सभाध्यक्षज्यू,
कृषि उत्पादकत्वमा वृद्धिः भूमेको समृद्धि

–भूमे गाउँपालिकाको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको सुधारका लागि कृषिमा विविधिकरण, व्यवसायीकरण, आधुनिकीकरण जोड कार्यक्रमलाई निरन्तरता दिइएको छ। अनुदानमा उन्नत बीउ, रैथाने बीउ, तरकारी किट बीऊ, कृषि औजार, यन्त्र तथा प्रविधिहरु उपलब्ध गराइनेछ। वास्तविक कृषक पहिचान र अनुदानका लागि कृषक दर्ता गरी कृषक परिचयपत्र उपलब्ध गराई सोही आधारमा मात्र अनुदान दिने व्यवस्था मिलाएको छु।
–“घर(घरमा करेसाबारीः कृषक रोजगारी” को मूल नारा अनुरुप एक घर एक करेसाबारी कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। विभिन्न निकायहरुसँगको समन्वयमा आगामी वर्ष ६० प्रतिशत गाउँपालिकाबासीको घरमा आफ्नै करेसाबारी निर्माण भएको हुने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाएको छु ।
–अर्ग्यानिक उत्पादनः भूमेको पहिचान भन्ने नारालाई सार्थकता दिन प्राङ्गारिक मल निर्माणमा सचेतनात्मक र प्रवर्द्धनात्मक कार्यक्रमका लागि बजेट सुनिश्चित गरेको छु।
–आर्थिक तथा सामाजिक रुपले पछि परेका वर्ग केन्द्रित कृषक कार्यक्रम अन्तर्गत शत् प्रतिशत अनुदानको व्यवस्था गरिनुका साथै आफूले खाई बिक्री गर्ने अवस्थामा त्यस्ता कृषकहरुको कृषि उपज सम्बन्धित वडामार्फत खरिद गरिदिने व्यवस्थाका लागि बजेट विनियोजन गरेको छु।
–स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्न कोदो, फापर, कागुनो, चिनो, कालो धान जस्ता स्थानीय महत्वका लोपोन्मुख बालीहरु उत्पादन गरी आफूले उपभोगपछि बिक्री गरेमा कृषि उपज संकलन केन्द्रमार्फत खरिद गरी बजार मूल्यको ५०५ थप प्रोत्साहन अनुदान दिने व्यवस्थाका लागि बजेट विनयोजन गरेको छु।
–कृषि उपजलाई वस्तु तथा मुद्रा विनिमयको आधारमा खरिद गरी संकलन, भण्डारण, वितरण र बजारीकरण गर्न कृषि उपज संकलन तथा भण्डारण केन्द्रलाई सहकारीमार्फत सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाएको छु।
–खाद्य सुरक्षा र खाद्य सम्प्रभूता सुनिश्चित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याजउने खालका बाली वस्तुको साना व्यवसायिक उत्पादन केन्द्र ९पकेट०, तरकारी पकेट र बङ्गुर पेकेट विकास कार्यक्रम सञ्चालनका लागि रु। ३० लाख बजेट व्यवस्था गरेको छु।
–कृषितर्फ प्राविधिक जनशक्ति थप गरी “एक गाउँ एक प्राविधिक” कार्यक्रमलाई थप व्यवस्थित गरी प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउन स्वयंसेवक कृषि प्राविधिक परिचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
–कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा विकास गर्न तथा व्यवसायिक कृषि पेशामा आकर्षण गर्न उकृष्ट कृषक छनौट गरी वार्षिक रुपमा वडास्तर तथा पालिकास्तरमा पुरस्कृत तथा सम्मान गर्न बजेट विनियोजन गरेको छु।
–पुराना कृषकका अनुभव आदान प्रदान र छलफल चौतारीको रुपमा विकास गर्न गाउँपालिकास्तरीय अगुवा कृषक सञ्जाल गठन गरी कृषि सामाग्री र सूचनामूलक सामाग्रीहरुको व्यवस्था गरी कृषक अनुभव आदानप्रदान कार्यक्रमका लागि रकम छुट्याएको छु।
–उत्पादन, आय आर्जन, बाली विकास, व्यवसायिकरण जस्ता विषयमा कृषक क्षमता अभिवृद्धिका लागि व्यवहारिक र उद्यमशीलता केन्द्रित तालिम, रेडियो शिक्षा कार्यक्रम, कृषक भ्रमण, स्थलगत अवलोकन जस्ता कार्यक्रम सञ्चालन गर्न तथा इच्छुक अनुभवी कृषकहरुलाई आवश्यकतानुसार हरित स्वयंसेवकको रुपमा परिचालन गर्न बजेट विनियोजन गरेको छु।
–सबै वडाहरुमा नगदे बालीमा आधारित खेतीलाई प्रवर्द्धन गर्दै उत्पादित वस्तु निश्चित बजारसम्म पुर्या उनका लागि ढुवानी व्यवस्था मिलाएको छु। कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स खरिद गर्ने चालु आवको कार्यक्रमलाई पूर्णता दिन बजेट विनियोजन गरेको छु।
–मारिङ कृषि अनुसन्धान केन्द्रलाई नयाँ प्रजातिको विरुवा परीक्षण स्थल तथा कृषि अनुसन्धानका लागि प्रयोगशाला स्थापना र सामूहिक खेती प्रणालीको नमूनाको रुपमा विकास गरी कृषि उद्योग र कृषि पर्यटनको नमूनाको रुपमा विकास गर्न रु। २३ लाख १६ हजार रकम विनियोजन गरेको छु।
–फलफूल विकास तथा उत्पादन प्रवर्द्धनका लागि मध्ययम प्रविधियुक्त बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना गर्न रु। आठ लाख रकम विनियोजन गरेको छु। हिउँदे वर्षे फलफूल विरुवामा अनुदानको लागि बजेट विनियोजन गरेको छु ।

–अण्डा, मासु र दूधमा आत्मनिर्भर हुन पशुजन्य उत्पादन प्रोत्साहनका कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै सम्भावित क्षेत्रहरुमा नमूना भेडा फर्म, बाख्रा फर्म, कुखुरा फर्म, बंगुर फर्म, गाइरभैंसी फर्म हरुलाई प्रोत्साहन गर्ने खालका नमूना कार्यक्रमहरु नेपाल सरकार, प्रदेश सरकार तथा अन्य स्थानीय सरकार र निकायहरुसँग समेतको सहकार्यमा सञ्चालनका लागि बजेट व्यवस्था मिलाएको छु।
–पशु नश्ल सुधार, उन्नत पशु व्यवसाय प्रवर्द्धन गर्नुका साथै नश्ल सुधारका लागि कृत्रिम प्रजनन केन्द्र स्थापना आवश्यक औजार उपकरण खरिदका लागि बजेट विनियोजन गरेको छु। बङ्गुरको साना व्यवसायिक कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रम सञ्चालनका लागि रु। ६ लाख रकम विनियोजन गरेको छु।
–व्यवसायिक पशुपालकहरुका लागि अगुवा कृषक भ्रमण, व्यवसायिक पशुपंक्षी पालन तालिम, उन्नत जातको बीज तथा घाँसको लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
–व्यवसायिक पशुपालनका लागि भकारो सुधार, आहारको सुधार र कृषकको समय बचतका लागि प्रत्येक वडामा नेपियर घाँस स्रोत केन्द्र, गाउँ गाउँमा हिउँदे एवं वर्षे घाँसबाली र डाले घाँस किम्बुको कटिङ नर्सरी स्थापनाका साथै तालिम, ट्रेब्रिज निर्माण, भकारो सुधार, बङ्गुर पालन खोर सुधारजस्ता पशु सेवा कार्यक्रमतर्फ रु। ३० लाख २६ हजार विनियोजन गरेको छु।

गाउँसभाका अध्यक्षज्यू,
–व्यवसायिक सीप विकासमार्फत् पालिकामा पहिचान भएका उद्यमीहरुलाई प्राविधिक सहयोग तथा उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गर्न, नयाँ लघु उद्यमीहरुको आवश्यकता र पहिचानका आधारमा सीप विकास तालिम प्रदान गरी सम्भाव्य उत्पादनका लागि प्रविधि हस्तान्तरण गर्न र अति गरिब परिवारका लागि साझा सुविधा केन्द्र स्थापना गर्न लघुउद्यम विकास कार्यक्रमतर्फ ३५ लाख रकम विनियोजन गरेको छु।

पर्यटन क्षेत्रको पहिचानः संस्कृति संरक्षणमा हाम्रो अभियान
–पर्यटन क्षेत्रलाई तुलनात्मक लाभका क्षेत्र अन्तर्गत अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गर्न पर्यटन क्षेत्रको क्षेत्रगत योजना तर्जुमा गर्न बजेट व्यवस्था गरेको छु।
–स्थानीय भाषा तथा कला संस्कृति, मौलिकताको जगेर्ना गर्दै ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्न बजेटमा प्राथमिकता दिएको छु। प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक तथा युद्ध पर्यटन प्रवर्द्धनको लागि भाषा, कला, संस्कृतिको पहिचान, अध्ययन, संवर्द्धन, संरक्षण, विकास र प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकासमा जोड दिएको छु ।

हाम्रो सहकारीः हाम्रै हितकारी
–सहकारीको प्राचीन रुप अर्मपर्म तथा झारा, सामूहिक विकासमा स्वतःस्फूर्त सहभागी भई गैरमौद्रिक रुपमै दिगो विकासमा टेवा पुर्याझउने किसिमले उदाहरणीय काम गरेका गाउँरटोलहरुलाई सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था मिलाएको छु।
– सबै सहकारी संस्थाहरुले स्थानीय सम्भावना र क्षमता अनुसार उत्पादन तथा उद्योगहरुमा एक सहकारी मुख्य चिनारीको अवधारणा अनुसार काम गर्नुपर्ने व्यवस्था मिलाइनेछ। सहकारी क्षेत्रको क्षमता विकास र प्रवर्द्धन र सहकारीमा आधारित उत्पादन प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छु।
–गुरुयोजनालाई मूर्तरुप दिनका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाइनेछ। गाउँपालिकाको आत्मनिर्भरता उन्मुखका लागि साझेदारी लगानी र राजश्व तथा कर प्रशासनलाई समेत प्रमुख आधारको रुपमा लिइनेछ। गाउँपालिकामा महत्वपूर्ण पूर्वाधार निर्माण तथा सामाजिक विकासका लागि स्रोत जुटाउन र प्रभावकारी कार्यान्वयन गर्नका लागि छुट्टै संस्थान स्थापनाका लागि आवश्यक बजेट व्यवस्था मिलाएको छु।
–सबै पेशा व्यवसायलाई करको दायरामा समेटिनेछ। पहिचान भएका राजश्वका श्रोत, दायरा र दर अनुसार राजश्व प्राप्त गर्न प्रभावकारी व्यवस्था गरिनेछ। राजश्व र कर प्रशासन सम्बन्धी नीतिलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरी लक्ष्य अनुसार वा सोभन्दा बढी राजश्व संकलन गर्ने वडा तथा कार्यालयलाई बजेट विनियोजनमा सूचकको रुपमा निरन्तरता दिइएको छ ।

सफा घर, सुन्दर गाउँ, सुरक्षित पालिका
–नमूना सरसफाइयुक्त गाउँपालिका निर्माण गर्ने प्रतिवद्धता अनुरुप भूमे गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्ययोजना सघन रुपमा कार्यान्वयन गर्न रु। १४ लाख बजेट विनियोजन गरेको छु।
–सफा र हरियालीः समृद्ध भूमे नारालाई सार्थक तुल्याउन प्लाष्टिकमुक्त टोल, भकारो सुधार, सुधारिएको चुल्हो, एक घर एक धारा, एक घर दश फलफूल विरुवा, एक घर एक शौचालय, भान्छा सरसफाई कार्यक्रमलाई बजेट व्यवस्था गरेको छु।
–पूर्ण सरसफाईयुक्त वडा घोषणाका लागि सरसफाई कार्ययोजना कार्यान्वयनमा दण्ड र पुरस्कारको नीति कार्यान्वयनका साथै सरसफाई सम्बन्धी योजना तथा बजेट विनियोजनमा समेत प्राथमिकता दिएको छु।

हाम्रो भाषा संस्कृतिः हाम्रो सम्पत्ति
–स्थानीय भाषा, कला, संस्कृतिको पहिचान, अध्ययन, संवर्द्धन, संरक्षण, विकास र प्रचारप्रसारका लागि अभिलेखीकरण, पुस्तान्तरण र हस्तान्तरणमा जोड दिएको छु। परम्परागत भाषा, कला संस्कृति संरक्षण तथा संवर्द्धनका लागि साँस्कृतिक प्रतियोगिता, सामाग्री खरिद तथा संरक्षण, आदिवासी जनजाति संग्रहालय भवन निर्माण कार्य अगाडि बढाउन भाषा तथा संस्कृतितर्फ रु। ४८ लाख २२ हजार रकम विनियोजन गरेको छु।

यूवा र विकासः अबको खास निकास
–गाउँपालिकाको नीति निर्माण र विकास कार्यक्रममा युवा मष्तिष्कको सदुपयोग गर्ने उद्देश्यले युवा विकास केन्द्रको नीतिगत तथा संस्थागत व्यवस्था भएको छ। जुनसुकै क्षेत्रले यूवा तथा खेलकूद लक्षित कार्यक्रमहरु यूवा विकास केन्द्रसँगको सहकार्यमा मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
–नीति तथा योजना तर्जुमा, विकास गतिविधि, ज्ञान सीप आदान प्रदान तथा हस्तान्तरणमा स्वयंसेवी यूवा शक्तिलाई अधिकतम परिचालन गरिनेछ। यूवा तथा खेलकूद विकासका लागि खेलकूद पूर्वाधार निर्माण, व्यवसायिक खेलकूद तालिम, खेल तथा खेलाडी आदानप्रदान कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु।यूवा तथा खेलकूद विकासतर्फ रु ८२ लाख नौ हजार बजेट विनियोजन गरेको छु ।
–ज्ञान सीप भएर पनि बेरोजगार बस्नु परेका बेरोजगार व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले निर्दिष्ट गरे बमोजिम एक आर्थिक वर्षमा न्यूनतम् १०० दिन बराबरको रोजगारीमा सहभागी गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा आयोजना सञ्चालन गरी कोही व्यक्ति पनि बेरोजगार नहुने अवस्थाको सृजना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रममा थप स्थानीय साझेदारी समेतको व्यवस्था मिलाएको छु।
–रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई स्थानीयस्तरमै उनीहरुको सीप र क्षमता अनुसारको रोजगारीको अवसर सृजना गर्न र वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले थप जानकारी लिन वैदेशिक रोजगार सञ्जाल गठन गरी रोजगार सूचना केन्द्रको रुपमा विकास गर्न बजेटको व्यवस्था मिलाएको छु।
लैंगिक समानता र सामाजिक समावेशीकरण
–लैंगिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चितताका लागि बजेट तथा योजना तर्जुमामा प्रतिशत निर्धारण गरेर अनिवार्य लक्षित वर्ग योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्ता कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग अधिकतम प्रत्यक्ष लाभान्वित हुने गरी कार्यान्वयन गर्ने गरी कूल रु। १ करोड २६ लाख ८८ हजार रकम विनियोजन गरेको छु।
–लैङ्गिक हिंसा न्यूनिकरण तथा रोकथामका लागि सेवा प्रदायक तथा समुदायस्तरमा नागरिकहरुको साथै लैङ्गिक हिंसा प्रभावितहरुका लागि तालिमको व्यवस्था गरी आत्मनिर्भर गराइनेछ । लैङ्गिक हिंसा पीडित तथा अन्य मनोसामाजिक परामर्शका लागि एक वडा एक मनोसामाजिक परामर्शकर्ता सेवा अन्य निकायसँगको साझेदारीमा उपलब्ध गराउन आवश्यक बजेट व्यवस्था विनियोजन गरेको छु ।
–महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुको तथ्याङ्क संकलन तथा अद्यावधिक गरी योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ। लैंगिक हिंसा तथा लिङ्गको आधारमा गरिने भेदभावलाई शून्यमा झार्न, विभिन्न सञ्जाल गठन गर्न तथा लैंगिक हिंसामा परेका व्यक्तिहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि लैंगिक हिंसा निवारण कोष स्थापना गर्न रकम विनियोजन गरिएको छ।
–महिला, अपाङ्गता भएका व्यक्ति, दलित लक्षित बजेटलाई वितरणमुखीभन्दा जीवन निर्वाहमुखी बनाउने गरी बजेट विनियोजन गरेको छु। बालविवाह न्यूनिकरण रणनीतिलाई अवलम्बन गर्दै बालविवाह न्यूनिकरणसम्बन्धी ५ वर्ष रणनीति तर्जुमाका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
–बालबालिकाको हकहित संरक्षणका साथै शारीरिक, मानसिक तथा संवेगात्मक लगायत हरेक क्षेत्रमा क्षमता विकासका लागि हरेक चरणमा अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्न बालबालिकालक्षित बजेटको व्यवस्था गरेको छु ।
–समाजमा रहेका बालश्रम, बहुविवाह, दाइजो र दहेज, बोक्सी, छाउपडीजस्ता कुरीति, कुप्रथा, लैंगिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गरिनेछ। महिला विकास कार्यक्रमद्वारा प्रवर्द्धित महिला सहकारी संस्थाहरुको सुदृढीकरण एवं पालिकास्तरीय महिला सञ्जाल सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
–पालिकास्तरमा ज्येष्ठ नागरिक मञ्च, अपाङ्ग संरक्षणण समिति, बाल सञ्जाल, महिला सञ्जाल, उपेक्षित उत्पीडित वर्ग उत्थान सञ्जाल गठन गरी उनीहरुको व्यक्तित्व विकास, नेतृत्व विकास र क्षमता विकास जस्ता कार्यक्रमहरुका लागि बजेट तथा कार्यक्रमको सुनिश्चित गरेको छु।
–कमजोर आर्थिक अवस्था भएका व्यक्ति, जनयुद्धका घाइते, अपाङ्ग र शहिद परिवारहरुलाई आवश्यक सहायताका लागि कोष खडा गर्न बजेट व्यवस्था गरेको छु। सेवा प्रवाहका क्रममा अतिविपन्न, अशक्त, ज्येष्ठ नागरिकहरुलाई प्रमाणपत्रका आधारमा सेवा शुल्क वापतको कुनै पनि रकम नलिने विगतको नीतिलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु।
–उत्पीडित, उपेक्षित दलित समुदायको सशक्तिकरण र क्षमता विकासको लागि विशेष कार्यक्रम बनाई सरकारी तथा गैरसरकारी कार्यालयहरुसँगको साझेदारीमा दलित समुदायले परम्परादेखि अवलम्बन गर्दै आएका पेशाहरुलाई व्यवसायीकरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ। आदिवासी जनजाति र दलित समुदायको उत्थान तथा विकास सम्बन्धी रेडियो लगायत विशेष कार्यक्रमहरुको लागि बजेट विनियोजन गरेको छु ।
–घरबारविहिन नागरिकका लागि घरको छानामूनि ल्याउन र सुरक्षित छाना नभएका नागरिकलाई सुरक्षित नागरिक आवासको प्रत्याभूति गर्न सामाजिक सुरक्षण तथा संरक्षण सम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । संघ तथा प्रदेश सरकार र अन्य निकायसँगको समन्वय र साझेदारीमा सबै नागरिकलाई सुरक्षित आवासभित्र ल्याइनेछ ।
बलियो पूर्वाधारः गुणस्तरीय जीवनको आधार
–अन्तर जिल्ला, अन्तर गाउँपालिका, अन्तर वडा र अन्तर गाउँटोलसम्म सडक सञ्जालको सुनिश्चत गरी चालु आर्थिक वर्षको अन्तसम्म करिब ९० प्रतिशत मुख्य गाउँहरु सडक सञ्जालमा जोडिएका हुनेछन् । आगामी आर्थिक वर्षमा सबै गाउँहरु सडक सञ्जालले जोडिने गरी आवश्यक बजेट विनियोजन बजेट विनियोजन गरिएको छ।
–सडक पूर्वाधारतर्फ कुचिबाङ कोर्जा सिमखोला सडक, सिमा(झुम्लाबाङ(क्याङ्सी(गाबाङ(काँक्री सडक, धर्मशाला लाबाङ भित्रवन चुनबाङ सडक, रानीबासा–कुइपा सडक, धर्मशाला, खुङ मालुवा झारखुम सडक, साकिम सेराबाङ नरमतिला नाखा सडक, दोमही महत सडकलाई प्राथमिकताका साथ सडक तथा पुल पूर्वाधारतर्फ ८ करोड १७ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ। सडक यातायातलाई बाह्रै महिना निरन्तर सुचारु गर्न आवश्यक व्यवस्था र पहलका लागि मर्मत सम्भार कोषमा रकम छुट्याइएको छ।
–भौतिक पूर्वाधार निर्माणका लागि अनुमानयोग्य र प्रभावकारी योजनाका लागि पूर्वाधार विकास गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरेको छु।
–झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमतर्फ सम्पन्न हुन बाँकी झोलुङ्गे तथा ट्रस पुलहरु सम्पन्न गर्ने र नयाँ स्थानहरुमा झोलुङ्गे पुल निर्माण कार्य अगाडि बढाई खोलानालाको कारण जनधनको क्षति न्यूनिकरण र आवतवाजत सहजीकरण गर्न रु। ७७ लाख रकम व्यवस्था गरेको छु।
–सामाजिक, साँस्कृतिक तथा ऐतिहासिक पहिचान नमेटिने गरी ग्रामीण वस्तीलाई व्यवस्थित बसोबासयुक्त गतिशिल शहरमा रुपान्तरण गर्न शहरी विकास तथा भवन निर्माण सम्बन्धी मापदण्ड स्थानीय परिवेशका आधारमा तर्जुमा गरी भवन निर्माण नक्सा पूर्वस्वीकृति कडाइका साथ कार्यान्वयन गरिनेछ। भवन आवास तथा सहरी विकासतर्फ बजेट विनियोजन गरेको छु।
–एकीकृत, व्यवस्थित, वैज्ञानिक, सुरक्षित र हरित गाउँ शहर निर्माणको लागि कार्ययोजना बमोजिम हरित गाउँ निर्माण कार्यलाई निरन्तरता र विस्तार कार्यक्रमलाई जोड दिएको छु।

सबै घरमा उज्यालोः समृद्धिको दियालो
–राष्ट्रिय ग्रामीण तथा नवीकरणीय उर्जा कार्यक्रममार्फत निर्मित तथा निर्माणाधीन लघु तथा साना जलविद्युत आयोजनाहरुलाई मर्मत सम्भारका लागि बजेट विनियोजन गरेको छु। विद्युतको पहुँच नपुगेका घरपरिवारलाई वैकल्पिक उर्जामार्फत सबै घरमा उज्यालो सुविधा पुर्याईउन बजेटको व्यवस्था गरेको छु।
–सम्भाव्यता अध्ययन भैसकेका जलविद्युत आयोजनाहरुमध्ये थबाङखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन कार्य सम्पन्न भएकाले उक्त आयोजना उक्त आयोजनालाई सार्वजनिक निजी साझेदारी अवधारणामार्फत कार्यान्वयन गर्न आवश्यक नीतिगत व्यवस्था गरी आम नागरिकको समेत लगानी र प्रतिफलमाथि अधिकार हुने गरी निर्माण कार्य अगाडि रु। एक करोड ८० लाख बजेट विनियोजन गरेको छु।
–गाउँपालिका क्षेत्रभित्र सबैले सूचना तथा संचारको सहज पहुँच स्थापना गर्न सार्वजनिक संस्थान तथा निजी क्षेत्रको आगमनलाई प्रवर्द्धन, आपसी समन्वय र साझेदारी गरिनेछ। सञ्चारको साधन एफ एम रेडियोलाई सबैले सुन्ने अवस्थामा पुर्यारउन रेडियो पूर्वाधार विकासतर्फ साझेदारीमा भवन निर्माणका लागि रु। १० लाख बजेट व्यवस्था गरेको छु।
–गाउँपालिकाभित्र सिंचाईका सम्भावना भएका क्षेत्रहरु पहिचान गरी पोखरी सिंचाई, स्प्रिङ्कल सिंचाई, सिंचाई आयोजना मार्फत सिंचाई सुविधा बढाई उत्पादन वृद्धिमा जोड दिन स्रोतको व्यवस्था मिलाएको छु।
सभाका अध्यक्षज्यू
जोगाए र बढाए वनः सजिलो हुन्छ विपद् व्यवस्थापन

–वन र आयआर्जनलाई अन्तरसम्बन्धित गर्ने खालका हरियो बार, वनस्पति बार, कृषि वन, निजी वन जस्ता कार्यक्रम ल्याइनेछ। नर्सरी निर्माण, डाले घाँस विस्तार, एक घर दश फलफूल विस्तार जस्ता कार्यक्रमबाट वन तथा वुट्यान क्षेत्रको वृद्धिमा टेवा पुर्यासउने कार्यक्रमका लागि क्षेत्रगत बजेट व्यवस्था मिलाएको छु।
–वन संरक्षण तथा वृक्षारोपन प्रवर्द्धनका लागि सबैभन्दा बढी योगदान गर्ने व्यक्तिलाई हरित दूतको रुपमा सम्मान गर्न, मध्यपहाडी लोकमार्गमा हरित करिडोर निर्माण गर्न बजेट विनियोजन गरेको छु ।
–भौतिक पूर्वाधार निर्माणका कारण क्षतिपूर्ति स्वरुप ग्रीन करिडोर, फ्रुट करिडोर, फ्लावर करिडोर प्रवर्द्धनका साथै सार्वजनिक पर्ती जग्गा, झाडी बुट्यान र वन नभएका क्षेत्रमा उपयोगी वृक्ष रोप्ने नीति ल्याइनेछ। जीवनका महत्वपूर्ण क्षणका अवसरमा बहुउपयोगी वृक्षारोपन गर्ने जीवन र वन कार्यक्रम गाउँ गाउँमा प्रवर्द्धन गर्ने व्यवस्था मिलाएको छु।
–जलवायुमैत्री तथा वातावरणमैत्री पूर्वाधारमा जोड दिएर जैविक विविधताको संरक्षण, संवर्द्धन तथा जलवायु अनुकूलन मार्फत पर्यापर्यटनको प्रवर्द्धनका लागि कार्ययोजना तर्जुमा तथा कार्यान्वयनका लागि बजेट विनियोजन गरेको छु। सामुदायिक वन विकास कार्यक्रम, निजी वन विकास कार्यक्रमलाई प्रभावकारी ढङ्गले संचालन गर्न सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयहरुसँग समन्वय गरिनेछ।
–जल तथा भूमिको संरक्षण, पानीको मुहानहरुको संरक्षण, मुहान सफा राख्ने, वृक्षारोपन कार्यलाई जोड दिँदै बाँध तथा तटबन्ध निर्माण, सिमसार तथा दह संरक्षण, वातावरण तथा जलवायु, वृक्षारोपन जस्ता कार्यक्रमका ञरकम विनियोजन गरेको छु।
विपद् व्यवस्थापन तथा स्थानीय जलवायु अनुकूलन
–गाउँपालिकाको स्थानीय विपद तथा जलवायु अनुकूलन योजना मार्फत कुनै पनि प्राकृतिक तथा मानवीय कारणबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न, विपद् व्यवस्थापन क्षमतालाई अभिवृद्धि गर्नुका साथै पूर्व सूचना प्रणाली विकास तथा स्थापनामा जोड दिइनेछ। विपद् व्यवस्थापनका लागि चाहिने सामाग्री खरिद तथा वडास्तर र पालिकास्तरमा सञ्चालन हुने कार्यक्रमहरु सञ्चालनका लागि बजेट सुनिश्चित गरेको छु।
–हरेक निर्माण तथा पूर्वाधार विकासमा विपद् जोखिम आँकलन गरेर प्रकोप न्यूनिकरणका माध्ययमबाट कार्यान्वयन गर्नुपर्ने नीतिगत व्यवस्था मिलाउन तथा विपद् सम्बन्धी आवश्यक व्यवस्थापन र सहजीकरणका लागि स्थानीय आपतकालीन केन्द्र सञ्चालन तथा सुदृढीकरणको लागि बजेट विनियोजन गरेको छु।
–शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरु लगायत गाउँपालिकाबाट सेवा सुविधा लिने सबै व्यक्तिको वर्षमा दुई दिन बराबरको पारिश्रमिक वा सुविधा वापतको रकम कट्टा गरी प्राकृतिक प्रकोप कोषको जम्मा गर्ने व्यवस्थालाई निरन्तरता दिएको छु। प्रकोप व्यवस्थापन कोषका लागि थप रकम व्यवस्था गरेको छु।

संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह
रहर काम गरौः हाँसेर सेवा गरौं

–जनशक्तिको अभावका वाबजुद पनि सन्तोषजनक कार्यसम्पादन भइआएकोमा हाल दरबन्दी बमोजिम लोकसेवा आयोगबाट केही पद पूर्ति भएको छ र केही पद पूर्ति हुन बाँकी रहेका छन्। उपलब्ध जनशक्तिलाई उच्च मनोबलका साथ आफ्नो योग्यता र क्षमता भरपूर सदुपयोग गर्न क्षमता विकासका लागि बजेट विनियोजन गरेको छु। कार्यालय र जनशक्तिका लागि चाहिने साधन र स्रोत अभाव हुन नदिने व्यवस्था मिलाएको छु।
–राष्ट्रसेवक कर्मचारीहरुको मनोबल वृद्धि गर्न नेपाल सरकारले थप गरे बमोजिम सबै तहका कर्मचारीहरुलाई हालको तलबस्केलमा रु। दुई हजार तलबभत्ता वृद्धि बजेट व्यवस्था गरेको छु । कर्मचारीहरुको क्षमता विकास, अध्ययन भ्रमण, सीप विकास जस्ता क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको छु । जनप्रतिनिधि तथा कर्मचारीहरुको सामूहिक दूर्घटना बिमाका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु।
–गाउँपालिकाको वित्तीय व्यवस्थापन क्षमता र जवाफदेहिता बढाउन ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। जनप्रतिनिधिहरु र कर्मचारीको क्षमता अभिवृद्धि गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुका साथै संगठन, जनप्रतिनिधि र कर्मचारीको व्यवसायिकताका लागि प्रोत्साहन, प्रवर्द्धन र पुरस्कारका साथै तालिमको पनि व्यवस्था गरेको छु।
–अन्य स्थानीय तह तथा संघसंस्थाहरुले गरेका राम्रा अभ्यासबाट ज्ञान आर्जन हुने खालका अध्ययन, भ्रमण कार्यक्रमहरु मार्फत अनुभव आदान प्रदान सम्बन्धी कार्यक्रमलाई जोड दिएको छु।
–संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि दिगो आर्थिक वृद्धि हासिल गरी आर्थिक विकास र समृद्धिको चाहनालाई सार्थक तुल्याउन वडा, टोल र बस्तीस्तरबाट प्राथमिकताका साथ छनौट भएका तथा गाउँपालिकाले समेत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न खोजेका कृषि, शिक्षा, स्वास्थ्य, ग्रामीण सडक, ऊर्जा, लघु तथा साना जलविद्युत, सूचना तथा संचार प्रविधिसँग सम्बन्धित आयोजनाहरुको कार्यान्वयन क्षमता बढाउनुका साथै प्रभावकारी र जवाफदेही अनुगमनको व्यवस्थाका लागि बजेट विनियोजन गरेको छु।
–स्थानीय तहको न्यायिक निरुपण र मेलमिलाप प्रवर्द्धन गर्न, पीडितलाई न्याय दिलाई सामाजिक मेलमिलाप कायम गर्न न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरुको सुदृढीकरण र क्षमता विकासका लागि बजेट व्यवस्था गरेको छु।
सभाध्यक्ष महोदय,
–सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पेशागत अनुशासनप्रति प्रतिवद्ध, पारदर्शी, भ्रष्टाचारमुक्त, प्रविधियुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै लगिनेछ। जनताको नजिकमा सरकारको अनुभूति दिलाउन वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन आवश्यक व्यवस्था मिलाएको छु।
–वार्षिक खरिद योजना तथा खरिद गुरुयोजना बमोजिम सार्वजनिक खरिद प्रणालीलाई चुस्त दुरुस्त र सुशासनयुक्त बनाउन तथा वित्तीय सुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुद बनाइनेछ। आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाइनेछ।
–वडा कार्यालयबाट हुने गरेका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धि कार्यको मासिक रुपमा प्रगति प्रतिवेदन पेश गर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याउन र मासिक प्रगति समीक्षाका लागि आवश्यक यातायात खर्चको समेत व्यवस्था गरेकोको छु ।
–गाउँपालिकाका लागि चाहिने महत्वपूर्ण तथ्याङ्कको भण्डारणका लागि गाउँपालिकाको आफ्नै सर्भर स्थापना गरी डिजिटल कन्टेन्ट चाहिएको बेला पाइने अवस्थामा भण्डारण, सञ्चालन र सुरक्षणका लागि बजेट व्यवस्था गरेको छु। गाउँपालिकाका सबै प्रकारका आधारभूत सूचनाहरु सूचना तथा अभिलेख केन्द्रमा उपलब्ध हुने र सामाग्रीहरु सूचना केन्द्रमा अध्ययन गर्न सकिने व्यवस्था मिलाइनेछ।
–गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा प्रवाहको पूर्वाधार तय गरी डिजिटल गाउँपालिकामा रुपान्तरण योजना अगाडि बढाइनेछ। सूचना तथा अभिलेख केन्द्रलाई सुदृढीकरण गरी विज्ञान(प्रविधि, अध्ययन(अनुसन्धान तथा विकास, सीप तथा सीपमूलक तालिमको नियमन, डिजिटल साक्षरताका साथै मिडिया साक्षरता कार्यक्रम तथा डिजिटल अभिलेखीकरण कार्यक्रममार्फत विद्युतीय सरकारको अवधारणामा टेवा पुर्यािइनेछ।
ज्ञद्धद्द। विद्यालयहरुमा अडियो भिडियो, सूचना तथा सञ्चार प्रविधिमा आधारित पस्तकालय तथा कक्षा निर्माणमा जोड दिइनेछ। एजुकेशन पोर्टल निर्माण गरी आफ्नै डिजिटल कन्टेन्ट निर्माण तथा प्रकाशन गर्न केही बजेट व्यवस्था गरेको छु।
–सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत वडा कार्यालयहरुमा कम्प्यूटर, प्रिन्टरको व्यवस्था गरी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनलाई सूचना प्रणालीमा आवद्ध गरी अनलाईन प्रणालीमा जान आवश्यक बजेट विनियोजन गरेको छु।
–मासिक तथा साप्ताहिक बुलेटिन प्रकाशन, रेडियो कार्यक्रममार्फत आम नागरिकको सूचनाको हकलाई प्रवर्द्धन गरिनेछ। स्वतः प्रकाशन, मासिक, चौमासिक तथा वार्षिक खर्च तथा प्रगतिको सार्वजनिकीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण, व्यवस्थापन परिक्षण, गुनासो व्यवस्थापनमा उपयुक्त विधि र पद्धति बमोजिम कार्यान्वयन गर्न बजेट व्यवस्था गरेको छु।
– कुनै पनि गैरसरकारी संघसंस्था, निकाय, क्षेत्र, विषयगत कार्यालयले गाउँपालिकाभित्र आयोजना, कार्यक्रम संचालन गर्नुपूर्व गाउँपालिकाको स्वीकृति लिने, गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप आयोजना वा कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिनेछ। ती निकायका बजेट तथा कार्यक्रम गाउँपालिकाको बजेट तथा कार्यक्रमसँग दोहोरिन नदिन वार्षिक विकास कार्यक्रममा आवद्ध हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाईनेछ।

सभाध्यक्ष महोदय,
–आर्थिक वर्ष २०७८।०७९ को बजेटको विनियोजन र स्रोतको व्यवस्था सम्बन्धी योजना देहाय बमोजिम रहेको छ। आर्थिक वर्ष २०७८।०७९ का लागि रू। ४९ करोड ९१ लाख ८१ हजार आठ सय एकासी विनियोजन गरिएको छ। कुल विनियोजनमध्ये चालुतर्फ रु। २९ करोड ५९ लाख ७५ हजार पाँच सय एक मात्र अर्थात ५९ दशमलव २५ प्रतिशत र पूँजीगततर्फ रु। २० करोड ३४ लाख छ हजार तीन सय असी अर्थात ४० दशमलव ७५ प्रतिशत रहेको छ।
–आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजश्वबाट रू। ६१ लाख ७८ हजार, राजस्व बाँडफाँड बाट रु। ८ करोड २९ लाख ५२ हजार सात सय तीस तथा गत वर्षको अनुमानित मौज्दात रु २ करोड ५० लाख गरी आन्तरिक आयबाट जम्मा रु। ११ करोड ४१ लाख ३० हजार सात सय तीस अर्थात २२ दशमलव ८६ प्रतिशत, वित्तीय समानीकरण अनुदानबाट रू। ११ करोड ९५ लाख ७० हजार अर्थात् २३ दशमलव ९५ प्रतिशत, सःशर्त अनुदानबाट रू। २० करोड ४७ लाख ७० हजार अर्थात् ४१ दशमलव ०२ प्रतिशत र स्थानीय जनसहभागिताबाट रू। ५३ लाख ३७ हजार आठ सय अर्थात् एक दशमलब ०७ प्रतिशत स्रोत व्यहोरिनेछ। अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड तथा आन्तरिक आय परिचालन गर्दा पनि नपुग हुने रकम रु। ८० लाख आन्तरिक ऋणबाट व्यहोरिनेछ।
–आर्थिक वर्ष २०७८र०७९ का लागि गैरसरकारी संस्थाहरुको कार्यक्रम समेत रु। ७ करोड ५ लाख ७८ हजार बराबरको वार्षिक कार्यक्रम सहित बजेट प्रस्ताव प्राप्त भएको छ। उक्त बजेट रकम गाउँपालिकाको वार्षिक विकास कार्यक्रममा समावेश गरी प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ।

अध्यक्ष महोदय तथा गाउँसभा सदस्यज्यूहरु,
हामीले तिरेको कर हाम्रै लागि

–आर्थिक वर्ष २०७८र०७९ का लागि आन्तरिक राजश्व परिचालन नीतिका उद्देश्य निम्नानुसार रहेका छन्स्
क० सचेतना कार्यक्रम मार्फत सबै नागरिकमा कर तिर्ने प्रवृत्तिको विकास गर्ने।
ख० वडा कार्यालय र गाउँ कार्यपालिकाबीच परस्पर सहयोग, सहकार्य र समन्वयको वातावरण निर्माण गरी सबै प्रकारका आर्थिक क्रियाकलापहरुलाई करको दायरामा समेटी अधिकतम् राजश्व परिचालनमा जोड दिने र राजश्व चुहावट नियन्त्रण गर्ने।
ग० स्वच्छ एवं पारदर्शी कर प्रणाली अवलम्बन गर्दै राजश्व प्रणालीलाई समन्यायिक एवं लगानीमैत्री बनाउने।
घ० आन्तरिक राजश्वका थप स्रोतहरु पहिचान गरी मौजुदा आन्तरिक करका दरहरुलाई लागत प्रभावी बनाउने।
ङ० कृषि लगायत अन्य क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई निर्यात प्रवर्द्धन गर्ने।

–उल्लेखित उद्देश्य हासिल गर्नका लागि देहाय बमोजिमका नीति तथा कार्यक्रमहरु अवलम्बन गरिनेछन्स्
क० सार्वजनिक सेवा र राजश्वबीचमा तादाम्यता कायम गर्दै कर नतिर्ने व्यक्ति वा नागरिकलाई कर नतिरेसम्म सार्वजनिक सेवाबाट बञ्चित गराउने नीतिको अवलम्बन गरिनेछ।
ख० करको दरभन्दा दायरा विस्तारलाई प्राथमिकता दिई कराधारलाई थप फराकिलो बनाउँदै लगिनेछ।
ग० राजश्व संकलनको लागि आवश्यक जनशक्ति परिचालन गरी करदातालाई सहज रुपमा कर तिर्ने वातावरण निर्माण गरिनेछ।
घ० करदाता तथा आम नागरिकका लागि सूचनामूलक एवं सचेतना अभिवृद्धि सम्बन्धी करदाता शिक्षा कार्यक्रमहरुलाई निरन्तर रुपमा सञ्चालन गरिनेछ। यस्तो शिक्षा, सूचना र सचेतना सम्बन्धी कार्यहरु आवश्यकता अनुसार निजी, गैरसरकारी, उपभोक्ता हितकारी एवं पेशागत संघसंस्थाहरु समेतको सहभागिता र समन्वयमा सञ्चालन गरिनेछ।

अध्यक्ष महोदय तथा उपस्थित महानुभावहरु,
–बजेट तर्जुमा तथा बजेट छलफलको क्रममा आ–आफ्नो तर्फबाट सुझाव दिनुहुने गाउँपालिका अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरु, प्रजिअ लगायत राष्ट्रसेवक शिक्षक तथा कर्मचारीहरु, सुरक्षा निकाय बुद्धिजीवि वर्ग, नागरिक समाज तथा सामुदायिक संघसंस्था सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु।
–अन्त्यमा, समृद्ध भूमे गाउँपालिका निर्माणका लागि प्रत्यक्षरअप्रत्यक्ष रुपमा निरन्तर सहयोग, सद्भाूव र चासोका साथ उत्प्रेरणा र सहयोग प्रदान गर्नुहुने आम शुभेच्छुक, भूमेबासी जनता, करदाता, सरकारी, गैरसरकारी तथा सामुदायिक संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु। जसरी बजेट तर्जुमामा सहयोग र सद्भा्व प्राप्त भयो, त्यसैगरी बजेटको सफल कार्यान्वयनमा पनि सबैको खुला सहयोगको अपेक्षा गर्दछु।
–हामी इतिहास निर्माणको चरणमा छौं। हाम्रो यात्रा कठिन छ तर भविष्य उज्वलमय छ। वर्तमान वस्तुगत यथार्थ धरातलमा उभिएर चुनौतिहरुको सामना गर्न हामी सबै कटिवद्ध, प्रतिवद्ध र एकतावद्ध बनौं। उज्वल भविष्य निर्माणको लागि आशावादी बनौं।धन्यवाद

मनकुमारी बुढा (विष्ट)
उपाध्यक्ष
संयोजकः बजेट तथा कार्यक्रम तर्जुमा समिति

Facebook Comments