• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बजेटले चलचित्र क्षेत्रमा उत्साह संचार गरेको छ: नवल खड्का




सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाली चलचित्र प्रवर्द्धनका लागि बजेट विनियोजन गरेकोमा नायक एवं निर्माता नवल खड्काले चलचित्र क्षेत्रमा उत्साह संचार भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै नायक एवं निर्माता खड्काले यो बजेट नीतिले चलचित्र क्षेत्रलाई सबल तुल्याउने विश्वास समेत व्यक्त गरेका छन् ।
सरकारले कोरोनाका कारण जारी निषेधाज्ञा अवधिभर चलचित्र क्षेत्रलाई विद्युत डिमाण्ड शुल्क छुट दिने, चलचित्र घरहरुको आ.व. २०७७/७८ करयोग्य आयमा १% मात्र कर, चलचित्र सामाग्री वा यन्त्रमा भन्सार छूट, नवीकरण दस्तुर मिनाहाको व्यवस्था गरेको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सात प्रदेशमा छायांकन स्टुडियो निर्माण, स्टोरी बैंक, काभ्रेमा अत्याधुनिक इन्डोर स्टुडियो निर्माणका लागि रकम विनियोजन गरेको छ ।

कोरोना कहर र सरकारी नीति नियमहरुले ल्याउने अड्चनका कारण बजेटको कार्यान्वयनमा भने शनायक एवं निर्माता खड्काले शंका व्यक्त गरेका छन् ।

Facebook Comments