• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जीवन धान्न गिट्टीे कुट्दै महिलाहरु




जंगबहादुर रेउले/गुल्मी
मानिस एक चेतनशील प्राणी हो । हरेक मान्छेलाई सरल र सहज रुपमा आफ्नो जीवन बिताउने रहर हुन्छ । इच्छा र चाहना पनि उत्तिकै हुन्छ । मानिस स्वतन्त्र रुपमा बाँच्न पाउने र बोल्न पाउने लगाएका अधिकारहरु नेपालको संविधानले दिएको छ ।

यद्यपि अझै पनि नेपालमा गरिब तथा सिमान्तकृत जनताहरु हरेक दृष्टिकोणबाट शोषित र दमित भएको पाइन्छ । गाउँघरमा स्थानीय सरकार आएसँगै मजदुर तथा श्रमिकहरुले आफ्नो जीवनस्तर फेरिन्छ कि भन्ने थुप्रै आशा लिएका थिए । तर, विडम्बना मजदुरहरुका कथा र बेथा आज पनि उस्तै छन् । मानिसहरु आज पनि जीवन धान्नलाई हरेक दिन ज्यालामजदुरी गरेर आफ्नो पेट पाल्नेमा नै दिनहरु बितेको देखिन्छ ।

त्यसैको एक उदाहरणको पात्र हो पुर्काेट दहको छिर्नी । गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ मा बसोबास गर्ने स्थानीयबासीहरु पुर्काेट दह छिर्नीमा वर्षाैदेखि गिट्टी कुट्दै आइरहेका छन् । जीवन निर्बाह गर्नकै लागि स्थानीयबासीहरु गिट्टी कुट्दै आइरहेका हुन् । गाउँघरमा सरकार आएपनि आफूहरुका समस्याहरु ज्यु का त्यु रहेका स्थानीय बासीहरुले बताएका छन् ।

त्यस्तै गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ मा बस्ने २७ बर्षिय रमा वि.क.ले आफ्नो परिवार पाल्नको लागि पुर्काेट दह छिर्नीमा गिट्टी कुट्न लागेको करिब ९÷१० वर्ष भएको बताइन् । यति लामो समयसम्म गिट्टी कुट्दा पनि आफ्नो जीवनमा केही परिवर्तन हुन नसेको पनि उनले बताइन् ।

‘दिनभर दुःख गरेर गिट्टी कुटिन्छ उनले भनिन् बेच्नेबेलामा व्यापारीहरुले तोकेको मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको छ भने हाम्रा समस्याको बारेमा देख्ने र बोल्ने कोही पनि छैन् ।’
गिट्टीकै भरमा छोराछोरी पढाउने र परिवारमा खाना लगाउन समेत मुस्किल हुने तथा जीवन धान्नका लागि गिट्टीको साहरा भएतापनि प्रशस्त मात्रामा ढुंगाहरु नपाउने, वन क्षेत्रले ढुंगा निकाल्न नदिने र यदि ढुंगा निकाल्न परेमा एक टे«क्टर बराबर पाँच सय शुल्क तिर्नुपर्ने उनको बताइन् ।

त्यसैगरी सोही निबासी ६० बर्षिय कमला चुदालले २०÷२२ वर्षदेखि गिट्टी कुट्दै आइरहेको बताइन् । घरपरिवार चलाउन र जीवन निर्बाह गर्नका लागि बर्षाैदेखि गिट्टी कुट्दै आएको समेत उनले बताइन् । मजदुर कमलाका अनुसार एक ट्रेक्टर गिट्टीको मूल्य चार हजार पाँच सय रुपैयाँमा बिक्री हुनेगरेको भएतापनि ब्यापारीहरुले उक्त मूल्य हालेर गिट्टी नलग्ने गरेको र ब्यापारीले नै तोकेको चार हजारको मूल्यमा गिट्टी बेच्नुपर्ने बाध्यता रहेको छ ।

एक महिनामा एक ट्रेक्टर गिट्टी पु¥याउन समेत मुस्किल हुन्छ भने आफ्ने इच्छा अनुसार गिट्टी कुट्छु भनेपनि ढंगाको अभावका कारण सोचेजति गिट्टी कुट्न नसकिएको र यो हाम्रो दुःख बुझिदिने सम्बन्धित निकाय कोही पनि नभएको उनले बताइन् ।

मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईले पालिका मार्फत प्रधामन्त्री रोगजार कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवार रोजगार दिएको बताए । पालिका भित्रका सम्पूर्ण वडाहरुबाट संकलित विवरणको आधारमा रोजगार दिएको तर वडाहरुले गरिब तथा विपन्न परिवारको तथ्यांकहरु संकलन गर्दा कतै छुटेका हुनसक्ने र कतै छुटेका भए उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोड्ने समेत उनले बताए ।

Facebook Comments