• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गलम्पाटीको मुख्य बाटोमा ढुंगाका सिढी




रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० ले डेढ किलोमिटर गोडेटो बाटो मर्मत गरेको छ । भेरीखोला लघु जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहदेखि सल्लाबोट सम्मको उक्त बाटोमा स्लेट ढुङ्गा हालेर मर्मत गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको १५ लाख ५० हजार बजेटबाट गलमपाटी टोलको मुख्य बाटो बनाइएको हो । उक्त बाटो निर्माणमा गलमपाटी टोलका सबैले काम गरिरहेका छन् । यसमा सबै श्रम गर्नुपर्ने प्रावधान छ । बाटो डेढ मिटर चौडाइको छ ।

निर्माण सामग्री खरिद नगरी सबैले रोजगार पाउने गरी उक्त कार्यक्रम लागु भइरहेको वडाध्यक्ष गोपेश्वर केसीले बताउनुभयो । नगरपालिकाको बेरोजगार सूचीमा सुचिकृतहरुले रोजगार पाइरहेको र रहेक घरका एक जनाले रोजगार पाइरहेको निर्माण समितिका अध्यक्ष सकुन्तला बुढाले जानकारी दिनुभयो ।

गलमपाटी जाने र आउने तथा रोल्पाको सिमानासम्म जाने आउनेका लागि यो बाटो प्रयोग हुन्छ । विग्रे भत्केको बाटो राम्रो बन्ने भएपछि स्थानीय खुसी भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको मापदण्ड अनुसार गलमपाटी टोलका ६५ घरका एक जनाले ४० दिन बढी काम पाउनेछन् ।

Facebook Comments