• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघको लुम्बिनी प्रदेशमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २१ पदमा ४४ उम्मेदवार




नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश समितिको चुनावका लागि अन्तिम नामावली प्रकाशन गरिएको छ ।

२१ पदमा हुने प्रतिष्पर्धाका लागि ५२ जनाले उम्मेदवारी दिएकोमा केहीले फिर्ता लिएका छन् भने केही उम्मेदवारी खारेज भएपछि अब ४४ उम्मेदवारको अन्तिम नामावली कायम भएको निर्वाचन समिति सदस्य केएल पीडितले जानकारी दिनुभयो ।


अध्यक्षमा बसन्त गिरी, भरत केसी र घनश्याम गौतम, उपाध्यक्षमा शुक्रऋषि चौलागाई, गणेशकुमार आचार्य र शिवलाल सुबेदी, उपाध्यक्ष (महिला)मा चुमा आचार्य र पुष्पा खनाल, महासचिवमा बिक्रम खड्का र विश्वराज पछलङ्या चौधरी रहनुभएको छ ।

त्यस्तै खुला सचिवमा जयसिंह केसी, काशीराम शर्मा, नरेश केसी, तिलक गाउँले र रमेश पोखरेल, सचिव (समावेशी) मा शिवकुमार सुनार र राजेन्द्र रावत क्षेत्री, कोषाध्यक्षमा नन्दराम पौडेल र यमनाथ घिमिरे रहनुभएको छ ।

खुला सदस्यका लागि किरणविक्रम शाह, कुलराज बञ्जाडे, केशरबहादुर रोका, केशरमान बिसी, गोपाल भण्डारी, जीवन डाँगी, देविराम बञ्जाडे, प्रेमनारायण आचार्य र भुवन कार्की रहनुभएको छ ।

महिला सदस्यका लागि पार्वती बस्नेत, मिना ढकाल, सरला सुबेदी र सावित्री रसाइली, सदस्य (दलित)मा चिन्ताबहादुर दर्जी, शान्ति बिक, सदस्य (आदिवासी जनजाति)का लागि गणेश सारु, टेकबहादुर मास्की, भीमप्रसाद गुरुङ र सनु थापा, सदस्य (मधेशी)का लागि अंकुशकुमार श्रीवास्तव, तुलसीराम यादव, बिन्दुकुमार चौहान र रामविकास चौधरी, सदस्य (अल्पसंख्यक)मा ओरीराम चौरसिया र मों. आरिफ अन्सारी रहनुभएको छ ।

Facebook Comments