• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सपनाको शहर




हरेक मनुष्यसँग अनेकौं सपनाहरु हुन्छन। राम्रो मान्छे बनु, सबैको तारिफयोग्य बनु अन्य धेरै म पनि त्यस्तै सपनाहरु भएको मान्छेहरु मध्य एक हुँ, जसलाइ तत्काल प्राप्त गर्न सम्भव नभए पनि कुनै दिन सफल हुन्छ भन्ने आशामा त्यसकै पाइलाहरु पहिल्याउदै हिडिरहेको एउटा यात्री, सोही उदेश्य प्राप्तिका गोरेटोहरुमा कहिले बिचमै रात भइदिन्छ। कहिले घाम त कहिले हिडिरहेको बाटो नै हराइदिन्छ। कहिले प्रतिकूल तथा अनुकूल हरेक परिस्थितिको सामाना गर्दै अघि बढ्ने कोसिस चलिरहन्छ।

सपना एक त हामी निद्रामा देख्ने गर्छौ, अर्को चाहिँ हामिले कहाँ जाने के गर्ने भनेर बनाइएका लक्ष्य उदेश्य लाई पनि सपना भनिन्छ। रातमा निद्रामा देखिने सपनाहरु त केवल सपनामा मात्रै सिमित हुन्छन्। त्यहाँ हामीले जीवनमा सम्भव हुने नहुने बिभिन्न प्रकारका सपनाहरु देख्ने गर्छौ। तर ती छायाँ जस्तै हुन सुर्यको प्रकाश हुदा सम्म देखिन्छ, जब सुर्य अस्ताउछ तब सबै हराउछन। यी एक आपसमा मिल्दोजुल्दो छन निद्रामा देखिने सपना पनि जब सम्म हामी निन्द्रामा हुन्छौ देखिन्छ तर निद्रा बाट ब्युझिए सबै कता हो कता विलिन भइदिन्छन।

बास्तबिक सपना त्यो हो, जो हामिले हरबखत सोचिरहेका हुन्छौं। कुनै लक्ष्य निर्धारण गरेका हुन्छौ, त्यसलाइ प्राप्त गर्न एउटा गन्तब्य कल्पिएका हुन्छौ। हो यस्तै यस्तै आ-आफ्ना सपना प्राप्तिका लागि अधिकांश युवा युवतीहरु आफ्नो गाउँ घर छोडेर केही टाढाको सहरमा आउने गर्छन्। किनभने गाउँघरमा ती सपनाहरु प्राप्तिका सम्भावनाहरु त्यति देखिदैन। त्यहा राम्रो सँग बिकास भएको छैन। बिकासका पुर्वाधारहरुको पनि अभाव छ। कुनै अवसरहरु पनि भेटिदैन। त्यसैले प्रायः युवायुवतीहरुको सपना प्राप्तिको गन्तव्य शहर बनिदिन्छ।

हो, म पनि त्यही एउटा ब्यक्ति हु, जसका मन मस्तिष्कमा पनि केहि सपनाहरु सजिएका छन। बिकासका पुर्वाधारको अभाव तथा भर्खर बिकासको नाउमा अलि अलि बाबे सर्न थालेको त्यो गाउँ जहाँ अझै सम्म पनि नि.मा.बि स्तरको अध्ययन सके पश्चात् गाउँ देखि टाढा अन्य क्षेत्रमा गएर शिक्षा लिनु पर्ने किनकि त्यहा त्यो भन्दा माथिल्ला स्तरका कक्षाहरु नै छैनन्। केही बर्ष अगाडि न हो जम्मा १-५ प्रा.बि तह सम्म थियो। भर्खरै हाम्रो पालादेखी त हो नि.मा.बि. सुरुवात भइ सन्चालनमा आएको पनि त्यही पाठशालामा अध्ययन गरेको एउटा विद्यार्थी म पनि हो।

गाउँमा सहरको जसरी ब्यबस्थित तरिकाले पठनपाठन पनि हुदैन। त्यहा सम्पुर्ण शैक्षिक सामाग्रीहरु तथा उचित भवनहरुको पनि कमि रहेको छ। यहाँ सबैका बुवा-आमा पनि शिक्षात हुदैनन्, अनि शहरका शिक्षात बाबुआमा जसरी स्कुल बाट घर फर्कदा खाजा तयार राखिदिने तथा बिहान स्कुल सम्म हात समातेर झोला बोकिदिदै छोड्दिने गाउँ तिर यस्तो पनि हुँदैन। बरु यहाँ त बिहानै उठेर गाई बस्तुको भकारो सफा गर्ने, मेलामा गएर एक भारी घाँस लिइएर बुवाआमालाइ सघाँदै अध्ययन गर्ने गरिन्छ।

सहरको जसरी गेम खेल्ने, टिभी हेर्ने, साथिभाइ सँग भेट्ने, कहिलेकाही घुम्न जाने यस्ता कुराहरु यहाँ गर्न पाइदैन। यहाँ त स्कुल बाट आएपछि बिहानको केही बाँकी रहेको भए खायो नभए त्यतिकै कपडा बदल्यो अनि हसिया नाम्लो भिरेर बनपाखा तिर घाँस दाउरा हिड्यो। स्कुल बाट घर जादा पनि प्रायःजसो बुवाआमा सँग भेट हुदैन। किनभने उहाहरु घरायसी कामहरुमा ब्यस्त भएर पनि हो। गुणस्तरीय परिवारमा ब्यबस्थित तरिकाले पढेका छोराछोरी र गाउमा हामिहरु जसरी अध्ययन गरेकाहरुमा यहि फरक छ। गाउँघर तिर सानो उमेरमा पनि ठुलो जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ।

हो, गाउमा त्यसरी नै अध्ययन गरेको एउटा विद्यार्थी म पनि हुँ, गाउका प्राय मान्छेहरुको पेसा कृषि नै हुन्छ। म पनि सोही एउटा कृषकको छोरा हो। जहाँ आफ्नो अध्ययन सँगसँगै मेलापात, बनपाखा, खेतबारी खनजोत लगाएतका थुप्रै घरायसी कार्यहरु गर्नु पर्दछ। कहिले बिधालयमा लामो छुट्टी हुँदा कतै घुम्न जानुको सट्टा गाउँ देखि अझ टाढा कहाँ हो कहाँ घना जंगल भएको गाउमा भन्दा धेरै माथीको उचाइमा एक दिनभर हिडदै पिठो चामल सँगसँगै अन्य खानेकुराहरु ठुलो डोको भित्र बोकेर भैंसी गोठ जानू पर्दछ। त्यहा घाम पानी हिलो अप्ठ्यारा भिर लगाएत धेरै जुकाहरुको खुन चुसाइ पनि सहनु पर्ने अवस्था हुन्छ। त्यो रहर होइन बाध्यता हो।

यसरी चल्छन गाउँ तिरका विद्यार्थी जीवन तथा बालापनहरु हो म पनि यस्तै यस्तै कुराहरु सँग सम्बन्ध गासिएको व्यक्त हुँ। जहाँ आफ्नो गाउँ बाट केहि घन्टा हिडेर अर्को गाउमा गइ अध्ययन गरि एस.एल.सि. पास गरेपछि त्यो भन्दा माथिको स्तर उन्नति गर्न आफ्ना सपनाहरु पूरा गर्न तथा बुवाआमाको त्यो बर्तमान लाई पुर्णरुपमा बदल्न गाउँ छोडेर घर देखि केहि टाढा बस्तीमा आएको मान्छे, यहाँ अंग्रेजी स्कुल तथा गुणस्तरीय बिद्यालयहरुमा अध्ययन गरेका विद्यार्थी साथिहरु सँग पनि प्रतिस्पर्धा गर्न कठिन भैदिने रहेछ। गाउँमा त नेपाली सरले कहिले काहीँ गणित बिषय पनि पढाउनु हुन्थ्यो। गाउँ तिर दक्ष शिक्षकको अभाव छ, एउटै सरले एउटा कलासमा दुई तीन वटा बिषय पढाउनु हुन्थ्यो। तर यहाँ त आआफ्नो निश्चित बिषयबस्तु सहितको नियम शासन अनुरुप अध्ययन अध्यापन हुँदो रहेछ।

व्यबस्थित तरिकाले विभिन्न शैक्षिक क्रियाकलापका लागि आवश्यक सामाग्रीहरु सहित हरेक कुराहरु प्रयोगात्मक तवरले पठनपाठन गर्ने भएकालेे पनि त यहाका विद्यार्थीहरु अध्ययन क्षेत्रमा राम्रो हुदारहेछन। तर गाउँमा त प्राटिकलको नाउँमा बिद्यालय गाइको गोबर माटोले लिपपोत गर्ने कालोपाटी रङगाउने सँगसँगै त्यहाको वरपर बेस्सरी सफा गर्ने हुन्थ्यो। अनि कहाँ बाट उनिहरु सँग गाउँमा अध्ययन गरेका विद्यार्थीहरुले सजिलै आपसमा प्रतिस्पर्धा गर्न सक्छन्,। उनिहरु हरेक कुराहरुमा अगाडि हुन्छन। अझै सम्म यो भिन्नता निरन्तर चलिरहेको छ। नेपाल सरकारको पनि यस्ता कुराहरुमा ध्यानाकर्षण भइ ति कमिकम्जोरीलाई सुल्झाउदै राष्ट्रका सम्पुर्ण क्षेत्रहरुको शिक्षा प्रणाली एकै तवरको बनाउन आवस्यक छ। कुनै क्षेत्रहरूमा यस्ता कुराहरू सुधार भएता पनि अझै कतै बाकी छ। त्यहा अहिलेसम्म सरकारको नजर पुगेको छैन।

त्यही गाउँ छोडेर म आफ्नो सपनाको बाटो खोज्दै यहाँ आएको ब्यक्ति तर “शहर आएपछि यहाँ अझ धेरै सपनाका क्षेत्रफलहरु वृद्धि भइ ठुला हुँदै जादा रहेछन।” यहाँका मान्छेहरु सँग प्रतिस्पर्धामा उभिनका निमित्त धेरै मेहनत गर्नु पर्ने अवस्था आइदिन्छ। किनकि यहाँ अध्ययन गरेका विद्यार्थीको जस्तो ब्याकग्राउन्ड (अध्ययन क्षेत्र जग बलियो नहुनु) राम्रोसँग बलियो नभएर नै हो। जब +2 उतिर्ण गरेको प्रमाणपत्र प्राप्त गरि बि.एड तथा अन्य अरु संकायहरु तिर आबद्ध रहेता पनि प्राय विद्यार्थीहरु जागीरको खोजीमा लागिरहेका हुन्छन्। पत्रीकामा आउने बिज्ञापनमा योग्यता +2 उतिर्ण गरेको कर्मचारी आवश्यक प्रायःजसो धेरै देखिन्छ। त्यसैले यति गरेपछि आफु पनि कुनै जागिरको लागि योग्य ठहरिए पछी गृहको नाजुक अवस्थाका कारण जागीर गर्दा केही आर्थिक कुराहरुमा टेवा पुग्ला भन्ने मनस्थितिले आफ्नो अध्ययन साथसाथै जागीरका लागि आफ्ना शैक्षिक प्रमाणपत्रहरु फोटोकपी गरि पासपोर्ट साइजका फोटोहरु निकालेर कति अफिस अफिस पनि गएर डकुमेन्ट तथा फोटोहरु सहित फारम भर्ने परिक्षा दिने कार्य भयो। तर जवाफ कतै बाट आएन।

जागिरको लागि दौडधुप गर्दा जुत्ता नै फाटे, कति चप्पल पनि प्वाल परे अझ जागिरको आशैआशामा आवेदन फाराम शुल्क अनि डकुमेन्ट फोटोकपी तथा पासपोर्ट साइजका फोटोहरुको प्रीन्ट गर्दा गर्दा भएको कति पैसा त त्यसैमा खर्च भए। जहाँ पनि जागिर गर्दा अनुभव या वा उत्कृष्ट प्राप्तअंक अझै थुप्रै कुराहरु हुनु पर्ने रे, मान्छेहरुले अवसर नै नपाएपछि काम नै नपाएपछि कहाँ बाट जोकोही सुरुवातमै अनुभवी हुन्छ। जागीरका लागि योग्य भएका ब्यक्तिहरुको अनुभव भनेको उनीहरुले त्यत्रो बर्ष सम्म अध्ययन सँगसँगै केही प्रयोगात्मक तरिकाले तालीम गरेर प्राप्त गरेका प्रमाणपत्रहरु हुन। सबै भन्दा पहिलो अनुभव त त्यही नै हो। तर यस्तो कुरा पनि कसैले स्विकार गरि दिदैन।

आफ्नो क्याम्पस मर्निङ कलास सके पछि दिनानुदिन विभिन्न अफिसहरुमा गएर जस्तोसुकै काम गर्न तयार छु, बरु निश्चित समयावधि भन्दा धेरै खट्न तयार छु, मलाई हाल जसरी नि जबको आवश्यक छ भनेर बिन्ति गर्दा पनि कसैले वास्ता गरेनन्। एक जना +2 सँगै अध्ययन गरेको साथी थियो। उसको त अझ मेरो भन्दा मार्क पनि थोरैले कम थियो। तर उसले चाहिँ जागिर पाएछ। किनकि त्यो अफिसको कर्मचारीको साथिको अंकलको छोरा रहेछ। त्यसैले यहाँ त अरुको पहुँचको जरुरत पनि पर्ने रहेछ। तर मेरो सपोर्टमा कोहि भएन। भएको त्यही गाउको बुवा मुवा हो। गाउमा उहिले पाँच कक्षा मात्रै पढेको उहाहरुको न यहाँ केही पहिचान न त कसै उहाहरुको नाता जोडिएका आफ्न्तहरु, यहाँ आएर यस्ता धेरै कुराहरु केही भोगियो पनि केहि देखियो बुझियो।

यहाँ जागिर तथा अन्य कुनै कामका लागि अरुको सपोर्टको पनि आवश्यक हुनेरहेछ। जति उत्कृष्ट ब्यक्तिहरु भए पनि यहाँ प्रायः मान्छे अवसर बिहिन देखिन्छन। हामी जस्ता सर्बसाधारणको केही मान्यता नै नहुने रहेछ। नेपालमा दक्ष जनशक्तिको अभाव हुनुमा यस्ता कारणहरुले गर्दा पनि हो। राम्रो मान्छेहरुको कदर कसैले गरिदिदैन। कुनै पावर अर्काको आडमा माथी पुगेका मान्छेहरुको मात्रै हुकुमत चल्ने अनि यो सहरमा उनिहरुको मात्रै बोली सुनिन्छ। त्यसैले मलाई एउटा कुरा चाहिँ के स्पष्ट भयो भने किन उत्कृष्ट दक्ष ब्यक्तिहरु हाम्रो समाज तथा राष्ट्रमा रहिरहदैनन, अनि किन स्वदेशमै जागिर नगरि पराइ भुमिका जान्छन।

किन डिग्री मास्टर्स गरेका मान्छेहरु आफ्नो प्रमाणपत्रहरु बाकसमा थुनेर भैसि पालेर बसिराखेका छन। किनकि हाम्रो देशमा कुनै कुनै ठाउँमा नहोला तर प्राय क्षेत्रहरूमा नातावाद चल्छ, राजनीति चल्छ, पुँजिवाद तथा कृपावाद चल्छ अनि टेकुल मुनि बाट कुरा चल्छ, अनि कहाँ बाट सर्बसाधारण आफ्नै पौरखले संघर्ष गर्दै आएकाले अवसर पाउँछन्, यहाँ राम्रो सँग अनुसन्धान गरेर हेर्ने हो भने थुप्रै कम्जोरिहरु भेटिने छन। तर यो कार्य कसैले गर्दैन? यी कुराहरू पनि मुख्य कारणहरु हुन जो यो देश बिकासको नाउमा कहिले अगाडि नबढेर यथास्थितिमा रहिरहनु हो। यहाँ दक्ष जनशक्तिको कदर हुदैन।

कुनै क्षेत्रमा दक्ष बनेका ब्यक्तिहरुलाइ कतै अवसर नमिल्दा उनिहरु हार मानी हैरान भएर परराष्ट्रहरुमा जान बाध्य भैदिन्छन। त्यसकारण दक्ष जनशक्ति तथा राम्रो योग्यता भएका ब्यक्तिहरु सबै बिदेश तिर अनि यहाँ त्यही टेबुल मुनिबाट कुरा गर्नेहरु, त्यही विभिन्न वादहरुको सहायता मार्फत पद पाएका अनुभव नै नभएका मान्छेहरुले कहाँ बाट राम्रो गर्न सक्छन्,। त्यसैले यहाँ प्रायः मान्छेहरुले अवसर नपाउदा र समय आफ्नो अनुकुल नहुदा आफ्ना कुनै सपना प्राप्तिको आशामा त्यस्कै पछि पछि दौड्दा डौडदा पनि केही सपनाहरु पछि छुटि सक्दा रहेछन। कुनै हासिल गर्ने आशामा दौडधुप निरन्तर चलिरहेको हुन्छ।

✍️ पदमराज मल्ल
बाँफिकोट गा.पा १ पालाकोट रुकुम (पश्चिम)

Facebook Comments