• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा बन्यो साइला–साइली संगठन




तुलसीपुर उपमहानगरपालिका ७ बेत्रावतीमा भएको एक भेलाले समाजसेवी साइला–साइली संगठन गठन गरेको छ ।

कम सन्तान जन्माउने क्रम बढेसँगै साइला–साइलीको पहिचान गुम्दै गएको भन्दै उनीहरुको एक भेलाले बसन्त पौडेलको संयोजकत्वमा साइला साइली संगठन गठन गरेको हो । जसमा सहसंयोजकहरु दीपक पोख्रेल र र टेकराम रिजाल रहनुभएको छ ।

संगठनले विभन्नि विभाग पनि बनाएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा युवराज पौडेल तथा सहसंयोजकमा वीरबहादुर चौधरी र मणिराम चौधरी, आर्थिक बिभाग संयोजकमा संंयोजक वीरबहादुर ओली तथा सहसंयोजकमा यज्ञबहादुर ओली र योगेश्वर भट्टराइ रहनुभएको छ ।

संगठनलाई दाङ जिल्लाब्यापीहुँदै देशब्यापी बनाउने, चाडपर्वमा मठमन्दिर सरसफाइ गर्नेलगायतका निर्णय गरेको संयोजक पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments