• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अकोराव रुकुमपश्चिमको संयोजकमा ओली





रुकुम पश्चिममा सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को जिल्ला समन्वय समिति गठन गरिएको छ । सदरमुकाम मुसीकोट खलंगामा भएको जिल्लाका सामुदायिक रेडियोका प्रतिनिधिहरुको भेलाले रेडियो सानीभेरीका कार्यक्रम संयोजक देवकुमार ओलीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।


जसको सदस्यहरुमा जिल्लामा सम्पूर्ण सामुदायिक रेडियोका प्रतिनिधिहरु रहेका छन् । अकोरावका केन्द्रीय अध्यक्ष सुवास खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलाले जिल्लामा पहिलो पटक अकोरावको जिल्ला समन्वय समिति गठन गरेको हो ।

नवगठित समितिले जिल्लामा संचालित सामुदायिक रेडियोहरुको हक, हित र विकासका लागि जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला लगायत संघ छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै फागुन १ गते विश्व रेडियो दिवस जिल्लाका सबै सामुदायिक रेडियोको सहभागितामा विभिन्न कार्यक्रम गरी मनाउने पनि समितिले निर्णय गरेको छ ।

Facebook Comments